Friday, July 24, 2009

एउटा ब्यक्तीले दुई लाख सम्म डोमेन रजिष्टर गर्न सक्छ गरेको छ।



एउटा ब्यक्तीले दुई लाख सम्म डोमेन रजिष्टर गर्न सक्छ गरेको छ।
हाल सम्मको सवभन्दा लामो अक्षरको डोमेन ६३ क्यारेक्टरको छ र त्यसको नाम www.thelongestlistofthelongeststuffatthelongestdomainnameatlonglast.com हो।
हाल सम्मको सवभन्दा पुरानो डोमेन SYMBOLICS.COM हो जुन मार्च १५ १९८५ मा रजिष्टर भएको थियो।
हाल सम्मको सव भन्दा महङ्गो डोमेन Business.com हो जसलाई ७५ मिलियनमा खरिद गरिएको थियो।
५० मिलियन डट कम डोमेन रजिष्टर गरी सकिएको छ।

Saturday, July 18, 2009

स्वर्गको सवार
गफाडी : ए मोरा त स्वर्गमा कसरी आईस ?
दोस्रो :प्लेन बाट
तेस्रो :अनी त नि ?
तेस्रो :यमराज्को डोरी पक्रेर
चोउथो ;म बसको तयार मुनी छिरेर

Friday, July 17, 2009

हरेक सपनाले केही न केही भन्न खोजेको संकेत दिन्छ।

रातको अध्यारोमा मस्त निद्रामा सुतिरहेका बेला मनभित्र अर्थात मस्तिस्कमा चल्ने फिल्म त्यसै चल्दैन ,यसको गहिरो अर्थ छ, जसलाई हामी सपना भन्दछौ ।बिश्वास गर्नुस या नगर्नुस हरेक सपनामा केही न केही संकेत लुकेको हुन्छ। हामीले उक्त लुकेको संकेतले भन्न खोजेको कुरा बुज्न सक्नु पर्छ, जस्का लागि केही ज्ञानको आवश्यकता पर्दछ। जस्लाई हाम्रो भाषामा स्वपन ज्ञान भनिन्छ।
राती हामीले देखने सपना दिनभर दिमागमा चले-खेलेका कुराहरु या सोचे-सम्झेका या दिनभर गरिएको एक्टिभिटिजको अवषेश मात्र नभएर भबिस्यमा हुन सक्ने राम्रो नराम्रो घट्नाको संकेत पनि सपनाले दिन्छ। सपनाको कारणले कतिपय मानिषहरुको जीवनमा निकै ठुलो असर पनि पारेको छ। कती मनिषहरुको भाग्य परिवर्तन पनि गरिदिएको छ। तपाईं हामीले पनि कैयौ पटक सपनाबाट संकेत पाएका छौ अझ भन्नु पर्दा सपनाले हामीलाई सपनामा केही भन्न खोजेको जस्तो लाग्छ। तर हामी त्यो कुरा बुज्न सक्दैनौ किनकी सपनाले हाम्रो भाषा बोल्दैन। सपनाले त संकेतको भाषा बोल्दछ। जस्को अर्थ बुझ्नका लागि कहिले काही सपना बिशेषज्ञको जरुरत पर्दछ।
अब म, तपाईंहरुलाई सामान्य रुपमा धेरै जसो देखिने कमन सपनाको उदाहरण प्रस्तुत गर्दछु। तपाईं हामीलाई थाहानै छ परिक्षाका लागि जतीसुकै राम्रो तयारी भयता पनि परिक्षाको समयमा डराउने सपना धेरै आउने गर्दछ। जसलाई इन्कार गर्न सकिदैन । तपाईंहरुले पनि महसुस गर्नुभएको होला परिक्षा दिन हामी तयार भएर घरबाट निस्कन्छौ, तर परिक्षा हलसम्म पुग्न सक्दैनौ। परिक्षा दिन ढिलो भाईसकेको हुन्छ। कहिलेकाही त परिक्षा दिदादिदै कलमले काम गर्दैन या मसी सकिन्छ। परिक्षामा सोधिएको प्रश्नहरुको उत्तर याद नहुने हुन्छ। यि बिबिध सपनाहरुले के जनाउछ भने हामीले हाम्रो जीवनमा केही सुधार गर्नुपर्ने आवश्यक छ। र आत्मविश्वाशको पनि कमी छ। भन्ने कुराको संकेत यस्तो किसिमको सपनाले दिन्छ।
त्यस्तै अर्को उदाहरण धेरै जसो मनिषलाई कहिले काही यस्तो किसिमको सपना आउछकि कुनै हत्यारा हतियार बोकेर तपाईंलाई, लखेठी राखेको हुन्छ। यस्तो बेलामा सपना देख्दा देख्दै पसिना पनि आउन सक्छ। चाहे तपाईं जतीसुकै छिटो भाग्नुस् दौडनुस् तर पनि तपाईंलाई एस्तो लाग्छ कि त्यो पिछा गर्ने तपाईं भन्दा एक कदम मात्र पछाडि छ। जब उस्ले तपाईंलाई भेट्टाउन लागे जस्तो महसुस हुन्छ अनी तपाईंको निन्द्रा खुल्छ । यस्तो किसिमको सपना बिशेष गरी आक्रमणको डरका कारणले आउने गर्दछ। प्राय गरी यस्ता सपना आउनुका कारण ननिदाएको अवस्थामा अर्थात आँखा खोलेको अवस्थामा गरेका बिबिध चिन्ताका कारणले पनि हुने गर्दछ। साथै यस्तो किसिमको सपनाले हामीलाई यो कुराको संकेत पनि दिन्छ कि हामी जस्तो सुकै परिस्थितीमा पनि डगमगाउनु हुँदैन अर्थात कुनै पनि सम्स्याबाट भाग्नु हुँदैन। बरु त्यस्को डटेर सामना गर्नु पर्दछ। यस्तो किसिमको सपना महिला हरुलाई बढी आउने गर्दछ। किनकी महिलाहरु सारीरिक रुपले पुरुषहरु भन्दा अलिक कमजोर हुन्छन।
त्यस्तै गरी सपनामा उचाइबाट खसेको अर्थात लडेको त्यस्का खास कारण बिशेष गरी आन्तरिक असुरक्षा, अस्तिरता र आत्म विश्वाशको कमी र चिन्ताका कारणले हुने गर्दछ।

Thursday, July 16, 2009

गुगलको नयाँ अपरेटिङ सिस्टम

क्यालिफोर्निया, ९ जुलाइ/ इन्टरनेट जायन्ट गुगलले अपरेटिङ सिस्टम बनाउने घोषणा गरेको छ । अघिल्लो वर्ष क्रेम नामको बेव ब्राउजर बनाएको गुगलले अब पर्सनल कम्युटरहरुका लागि अपरेटिङ सिस्टम बनाउने घोषणा गरेको हो ।

कम्प्युटर दुनियाँ जगजगी कायम राख्दै आएको माइक्रोसफ्ट र यसको अपरेटिङ सिस्टम विन्डोजविरुद्ध गुगलको कदम प्रत्यक्ष चुनौती हुने अनुमान गरिएको छ ।

गुगलले आफ्नो आधिकारिक व्लगमार्फ अपरेटिङ सिस्टम निर्माणाधीन रहेको जानकारी दिएको हो । गुगलले बनाइरहेको अपरेटिङ सिस्टमको नाम गुगल क्रोम ओएस (अपरेटिङ सिस्टम) हुने बताइएको छ ।

गुगल क्रोम अपरेटिङ सिस्टम ओपन सोर्स (निशुल्क) हुने जनाइएको छ ।
गुगल क्रोम अपरेटिङ सिस्टम सुरुमा केही साना र सस्ता नेटबुकहरुमा उपलब्ध हुनेछ । गुगलका अनसार यसको अपरेटिङ सिस्टम प्रयोग गरिएका नेटबुटहरु सन् २०१० को मध्यदेखि बजरमा उपलब्ध हुनेछन् । "तीव्रता, सरलता र सुरक्षा गुगल क्रोम ओएसको प्रमुख पक्ष हुनेछ", गुगलकोआधिकारिक ब्लगमा भनिएको छ।

ओपन सोर्स लाइसेन्स (बैका लागि खुल्ला) प्रयोग गरिएको गुगल क्रोम ओएस गुगलकै क्रोम ब्राउजरको "प्राकृतिक निरन्तरता" भएको गुगलको ब्लगमा उल्लेख छ ।

माइक्रोसफ्टले निकै हल्लाखल्ला र व्यापक तयारीका बीच यसको पछिल्लो अपरेटिङ सिस्ट विन्डोज सेभेन सार्वजनिक गर्ने तयारी गरिरहँदा गुगलको तर्फवाट उक्त कदम चालिएको हो ।

गुगलका प्रोडक्ट म्यानेजमेन्ट उप प्रमुख सुन्दर पिचाइ र इन्जिनियरिङ निर्देशक लिनस अप्सनद्वारा संयुक्त रुपमा लेखिएको ब्लगमा गुगल ओएस छिटो र हलुका साइजको हुने बताइएको छ ।

"हाल इन्टरनेट ब्राउजरको प्रयोग गर्न सकिने अपरेटिङ सिस्टमहरु त्यो समयमा बनाइएका थिए, जतिखेर इन्टरनेट नै थिएन । यो अपेटिङ सिस्टम चाहिँ अपरेटिङ सिस्टम कस्तो हुनुपर्छ भन्नेतर्फ पुनर्विचार गर्ने हाम्रो प्रयास हो," ती दुइले गुगलको ब्लगमा लेखेका छन् । यद्यपि यो अपरेटिङ सिस्टम आधारभूत प्रयोगको लागि लक्षित हुने गुगलको दाबी छ ।

गुगललाई माइक्रोसफ्टको जवाफ

गुगललाई माइक्रोसफ्टको जवाफ

न्यूर्योक, १६ जुलाइ/ यदि तपाइसँग विन्डोज लाइभ आइडी छ अर्थात् माइक्रोसफ्टका हटमेललगात कुनै पनि सेवाको तपाइँ सदस्य हुनुहुन्छ भने अर्को वर्षदेखि तपाइँले माइक्रोसफ्टको अफिस प्रोग्राम अनलाइनमा निःशुल्क चलाउन पाउनुहुन्छ ।

आफ्नो लोकप्रिय अफिस प्रोग्रामको निशुल्क अनलाइन संस्करण "अफिस २०१०" माइक्रोसफ्टले घोषणा गरेको हो । यसअतर्गत प्रयोगकर्ताहरुले माइक्रोसफ्ट वर्ड, एक्सेल, पावर प्वाइनट र वाननोट सफ्टवेयर अनलाइन निःशुल्क प्रयोग गर्न पाउँछन् । हालसम्म कम्प्युटरमा इन्स्टल गरेर चलाउन मिल्ने स्वरुप मा मात्र उपलब्ध यी सफ्टवेयर महंगा पनि छन् ।

अघिल्लो हप्ता मात्र निशुल्क अपरेटिङ सिस्टमको घोषणा गरेको गुगललाई जवाफस्वरुप माइक्रोसफ्टले यो आकर्षा घोषणा गरेको प्रविधि पण्डितहरु बताउँछन् । गुगलले विभिन्न डकुमेन्टहरु अनलाइनमै हेर्न र सम्पादन गर्न सकिने गरी विगत ३ वर्षदेखि उपलब्ध गराउँदै आएको "गुगल डक्स" सेवासँग माइक्रोसफ्टको यस नयाँ सेवाले प्रतिस्पर्धा गर्नेछ। गुगल र माइक्रोसफ्टको जारी प्रतिस्पर्धाबीच एक महिनाअघि मात्र माइक्रोसफ्टले आफ्नो पुरानो सर्च इन्जिन लाइभ र्सचलाई खारेज गरी "बिङ नामको र्सच इन्जिन ल्याएको थियो ।

"संसारभरि हाम्रा आधा अर्बभन्दा बढी प्रयोगकर्ताहरु छन् । हामीले उनीहरुको कुरा सुनेअनुसार उनीहरु कुनै सम्झौताविना इन्टरनेटको शक्ति प्रयोग कगर्न चाहन्छन्", अफिस सफ्टवेयरका लागि माइक्रोसफटका समूह उत्पादन म्यानेजरले भने ।

विन्डोज लाइभमा दर्ता भएका ४० करोड प्रयोगकर्ताले निशुल्क रुपमा अफिसको वेब एप्लिकेसन प्रयोग गर्न पाउन माइक्रोसफ्टले जनाएको छ ।

न्यु ओर्लियन्स राज्यमा भएको एक सम्मेलनका क्रममा माइक्रोसफ्टले उक्त घोषणा गर्दै यसै वर्षको अन्त्यमा परीक्षण संस्करणका रुपमा अफिस २०१० सार्वजनिक गरिएको जनाएको छ ।

Tuesday, July 14, 2009

एउटा प्राथमिक तहको विद्यालयमा कति विद्यार्थी अध्ययन गर्छन् धेरैको जवाफ ३ सय २ सय वा कम्तिमा एक सय हुनसक्छ। तर कास्कीको भलाम गाविसस्थित भलाम प्राथमिक विद्यालयमा योवर्ष एकजना पनि विद्यार्थी भर्ना भएनन्। विद्यार्थी भर्ना नभएपछि पाँच दशक पुरानो भलाम-१ स्थित एकमात्र सरकारी विद्यालय बन्द हुन पुगेको छ । उक्त विद्यालयमा अघिल्लो शैक्षिक सत्रमा जम्मा ६ जना विद्यार्थी थिए। अघिल्लो शैक्षिक सत्रमा पनि कक्षा १ र २ मा विद्यार्थी भर्ना शुन्य थियो। कक्षा ३ मा ३ जना कक्षा ४ मा २ जना र कक्षा ५ मा १ जना मात्र विद्यार्थी थिए। उनीहरुका लागि तीन शिक्षिका र एक पियन खटिएका थिए।'जेठ १० गतेसम्मको भर्ना अवधिमा भलाम प्राविमा एकजना पनि विद्यार्थी र भर्ना भएनन्' कास्कीका जिल्ला शिक्षा अधिकारी बैकुण्ठ अर्यालले भने-'विद्यार्थी भर्ना शुन्य भएपछि विद्यालयनै बन्द गर्नुपर् यो।'कास्कीमा विद्यार्थी भर्ना शुन्य भएर सरकारी विद्यालय बन्द भएको यो पहिलो घटना भने होइन। नीजि बोर्डिङ स्कुलहरुको प्रतिष्पर्धाअनुसार चल्न नसक्दा विद्यार्थी भर्ना शुन्यमा झरेपछि लामाचौरस्थित सरस्वती प्रावि पनि ३ वर्षअघि बन्द भएको थियो।जिशिअ अर्यालका अनुसारयतिबेला कास्कीका अन्य १७ वटा प्राथमिक विद्यालय अतिकम विद्यार्थीको सूचीमा छन्। अर्को वर्ष अतिकम विद्यार्थी हुनेको संख्या दोब्बर हुने उनको अनुमान छ। २० भन्दा कम विद्यार्थी भर्ना भएका विद्यालयलाई जिल्ला शिक्षा कार्यालयले अतिकम विद्यार्थीको सूचीमा राख्ने गरेको छ।उनले यस्तै अवस्था रहीरहे आगामी ५ वर्षभित्र कास्कीका सबै प्राविमा विद्यार्थी संख्या शुन्य हुने दावी गरेका छन्। गाउँ-गाउँसम्म नीजि बोर्डिङ स्कुलहरुको पहुँच सरकारी विद्यालयमा छोराछोरी पढाउनु हुन्न भन्ने अभिभावकको मानसिकता र स्तरिय शिक्षाका लागि विद्यालय स्वयंम्को कमजोरी लगायतले हरेक वर्ष सरकारी विद्यालयमा विद्यार्थी भर्ना उल्लेख्य रुपमा कमी आएको हो।भलाम प्रावि पनि नीजि बोर्डिङ स्कुलहरुकै चपेटामा परेको जिशिअ अर्याल स्वीकार गर्छन्। सकी नसकी ज्यालादारी गरेर भए पनि छोराछोरीलाई अरु सरह बोर्डिङ स्कुलमै पढाउनुपर्छ भन्ने अभिभावकको बुझाईका कारण यस्तो स्थिति आएको उनको ठम्याई छ। '७÷८ सय जनसंख्या रहेको भलाम-१ मा एकजना विद्यार्थी पनि भर्ना नहुनु विडम्बना हो' जिशिअ अर्यालले नागरिकसंग भने-'सरकारी स्कुलमा पढाउनु हुन्न भन्ने अभिभावकको गलत बुझाईले यस्तो भएको हो।'उनले कम विद्यार्थी भएका विद्यालयको निरीक्षण गरेर केहीलाई वरपरका विद्यालयमा गाभ्ने वा खारेज गर्ने तथा शिक्षक संख्या कटौती गर्ने प्रक्रियामा शिक्षा कार्यालयमा जाने जानकारी दिए। पोखरा उपमहानगरपालिकासँग जोडिएको भलाम गाविस-१ मा करिब १ सय २५ घरधुरी छन्। तीनमा लगभग ८ सय जनसंख्या छ। उक्त विद्यालय बन्द भएपछि त्यहाँका तीन शिक्षकलाई तत्कालका लागि अन्यत्र काज पठाईएको छ भने पियन विद्यालयको सम्पत्ति रेखदेखमा खटिएका छन्। प्रधानाध्यापिका मीना कुँबर पोखराको बैदामस्थित तालबाराही उच्च माविमा, अर्की शिक्षिका भद्रा लामिछाने पोखराकै गैह्रापाटनस्थित नविन उच्च माविमा र श्रीमाया गुरुङमहेन्द्र मावि घारमा काज खटिएका छन्। पियन ६४ वर्षिय दुर्गाबहादुर पौडेललाई विद्यालय खारेज वा अन्यत्र गाभ्ने प्रक्रिया नसकेसम्म सम्पत्ति रेखदेखका लागि तोकिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ। विद्यालयलाई अन्यत्र गाभ्ने वा खारेज गर्ने भन्ने सम्बन्धमा सारोकारवाला पक्षसँग छलफल गरेपछि मात्र निर्णय हुने जिशिअ अर्यालले बताए।विद्यार्थी बीनाको उक्त विद्यालय अहिले सुनसान पाटीजस्तो बनेको छ भने विद्यालय प्राङ्गण घाँसे मैदानमा परिणत भएको छ। २०१३ सालमा स्थापना भएको उक्त विद्यालयमा कुनै बेला अटाईनअटाई विद्यार्थी हुन्थे। गाउँको बीचमा रहेको एकमात्र विद्यालयमा ८-१० वर्ष अघिसम्म निकै विद्यार्थी रहेको स्थानीयबासी जुद्वबहादुर केसीले बताए। 'सबैलाई घरपायक विद्यालय थियो' ५८ वर्षिय केसीले भने-'आफु र आफ्ना छोराछोरीले यहीँ पढियो। अहिले गाउँका सबै नाति-नातीना बोर्डिङ पढ्न बजारसम्म जान्छन्।' सबैले आफ्ना छोराछोरी बोर्डिङ पढाउने चलनले यस्तो भएको बताए।भलामकै शंकर पौडेलले पनि 'बोर्डिङ कल्चरुका आँगनको सरकारी विद्यालयमा नपठाएर घरटाढाको बोर्डिङमा छोराछोरी पढाउने होड चलेको बताए। उनका अनुसार भलाम-१ बाट मात्र करिब दुई सय बालबालिका अध्ययनका लागि नजिकैको शहर पोखरा पुग्छन्। सरकारी विद्यालयको अवस्था बिग्रँदै जानुमा स्वयंम् विद्यालय व्यवस्थापन शिक्षक र अभिभावक जिम्मेवार रहेको उनको भनाई छ। 'शिक्षकहरुनै आफ्ना छोराछोरीलाई बोर्डिङ स्कुलका बस चढाएर विद्यालय आउँछन्' उनले भने-'अनि विद्यार्थी पढ्न आएनन् भनेर घाम तापेर फर्कन्छन्। आफैं सञ्चालक समितिमा रहेका अभिभावक पनि सरकारी विद्यालयमा पढाई राम्रो नहुने तर्क गर्दै सन्तानलाई बोर्डिङ पठाउँछन्।'

अष्ट्रेलियाका धनीमा नेपाली

काठमाडौं असार २९ नागरिक- विश्वकै धनी मुलुकहरु मध्येमा पर्ने अष्ट्रेलिया । त्यहाँका सर्वाधिक धनीमध्येका एकजना चाहिँ नेपाली छन् । १९ वर्षअघि पढ्नका निम्ति त्यता गएका शेष घले हालैको सर्भेमा अष्ट्रेलियन धनीहरुको सूचीमा देखिएका हुन् ।
अष्ट्रेलियाको बि आर डब्ल्यू म्यागजिनले प्रकाशित गरेको मुलुककै दुई सय जना सर्वाधिक धनीहरुको सूचीमा घले १ सय ६४ औं स्थानमा परेका छन् । उनी उक्त मुलुकको दुई सहरमा विस्तार भएको एक कलेजका साचालक हुन् भने त्यहाँका विभिन्न कम्पनीहरुमा उनको सेयर छ । म्यागजिनको पछिल्लो संस्करणले प्रस्तुत गरेको जानकारीमा उनको सम्पत्ति २० करोड ८० लाख डलर भएको उल्लेख गरेको छ । मेलबर्नमा बसोबास गर्दै आएका शेष त्यहाँस्थित 'मेलबर्न इन्ष्टिच्यूट अफ टेक्नोलोजी' का साचालक हुन् । त्यहाँ दुई हजार विद्यार्थी अध्ययनरत् छन् । त्यसै कलेजको सिड्नीस्थित अर्को शाखामा एक हजार विद्यार्थी पढ्छन् । विभिन्न वेब पोर्टलले दिएको जानकारी अनुसार उनको कलेजको शाखा निकट भविष्यमै अष्ट्रेलियाका अर्को महत्वपूर्ण सहरहरु पर्थ र बि्रस्बेनमा समेत खुल्ने क्रममा छ ।उनले कलेजका निम्ति मेलबर्नमा आफ्नै घर किनेका छन् । विलियम स्ट्रीटस्थित माज्दा साइटमा रहेको उक्त भवनमा तीन हजार विद्यार्थी पढ्न सक्ने र पाँच सय विद्यार्थीका निम्ति छात्रवासको समेत सुविधा छ ।१९ वर्षअघि एमबिए पढ्नका निम्ति अष्ट्रेलिया गएका घलेको मूलघर लमजुङ हो । उनी त्यतिबेला श्रीमति जमुना गुरुङका साथ त्यसतर्फ गएका थिए । गएको छ वर्षमै उनले मेलबर्नमा कलेज स्थापना गरिसकेका थिए