क्यालिफोर्निया, ९ जुलाइ/ इन्टरनेट जायन्ट गुगलले अपरेटिङ सिस्टम बनाउने घोषणा गरेको छ । अघिल्लो वर्ष क्रेम नामको बेव ब्राउजर बनाएको गुगलले अब पर्सनल कम्युटरहरुका लागि अपरेटिङ सिस्टम बनाउने घोषणा गरेको हो ।
कम्प्युटर दुनियाँ जगजगी कायम राख्दै आएको माइक्रोसफ्ट र यसको अपरेटिङ सिस्टम विन्डोजविरुद्ध गुगलको कदम प्रत्यक्ष चुनौती हुने अनुमान गरिएको छ ।
गुगलले आफ्नो आधिकारिक व्लगमार्फ अपरेटिङ सिस्टम निर्माणाधीन रहेको जानकारी दिएको हो । गुगलले बनाइरहेको अपरेटिङ सिस्टमको नाम गुगल क्रोम ओएस (अपरेटिङ सिस्टम) हुने बताइएको छ ।
गुगल क्रोम अपरेटिङ सिस्टम ओपन सोर्स (निशुल्क) हुने जनाइएको छ ।
गुगल क्रोम अपरेटिङ सिस्टम सुरुमा केही साना र सस्ता नेटबुकहरुमा उपलब्ध हुनेछ । गुगलका अनसार यसको अपरेटिङ सिस्टम प्रयोग गरिएका नेटबुटहरु सन् २०१० को मध्यदेखि बजरमा उपलब्ध हुनेछन् । "तीव्रता, सरलता र सुरक्षा गुगल क्रोम ओएसको प्रमुख पक्ष हुनेछ", गुगलकोआधिकारिक ब्लगमा भनिएको छ।
ओपन सोर्स लाइसेन्स (बैका लागि खुल्ला) प्रयोग गरिएको गुगल क्रोम ओएस गुगलकै क्रोम ब्राउजरको "प्राकृतिक निरन्तरता" भएको गुगलको ब्लगमा उल्लेख छ ।
माइक्रोसफ्टले निकै हल्लाखल्ला र व्यापक तयारीका बीच यसको पछिल्लो अपरेटिङ सिस्ट विन्डोज सेभेन सार्वजनिक गर्ने तयारी गरिरहँदा गुगलको तर्फवाट उक्त कदम चालिएको हो ।
गुगलका प्रोडक्ट म्यानेजमेन्ट उप प्रमुख सुन्दर पिचाइ र इन्जिनियरिङ निर्देशक लिनस अप्सनद्वारा संयुक्त रुपमा लेखिएको ब्लगमा गुगल ओएस छिटो र हलुका साइजको हुने बताइएको छ ।
"हाल इन्टरनेट ब्राउजरको प्रयोग गर्न सकिने अपरेटिङ सिस्टमहरु त्यो समयमा बनाइएका थिए, जतिखेर इन्टरनेट नै थिएन । यो अपेटिङ सिस्टम चाहिँ अपरेटिङ सिस्टम कस्तो हुनुपर्छ भन्नेतर्फ पुनर्विचार गर्ने हाम्रो प्रयास हो," ती दुइले गुगलको ब्लगमा लेखेका छन् । यद्यपि यो अपरेटिङ सिस्टम आधारभूत प्रयोगको लागि लक्षित हुने गुगलको दाबी छ ।
Subscribe to:
Post Comments (Atom)


No comments:
Post a Comment