Thursday, July 16, 2009

गुगललाई माइक्रोसफ्टको जवाफ

गुगललाई माइक्रोसफ्टको जवाफ

न्यूर्योक, १६ जुलाइ/ यदि तपाइसँग विन्डोज लाइभ आइडी छ अर्थात् माइक्रोसफ्टका हटमेललगात कुनै पनि सेवाको तपाइँ सदस्य हुनुहुन्छ भने अर्को वर्षदेखि तपाइँले माइक्रोसफ्टको अफिस प्रोग्राम अनलाइनमा निःशुल्क चलाउन पाउनुहुन्छ ।

आफ्नो लोकप्रिय अफिस प्रोग्रामको निशुल्क अनलाइन संस्करण "अफिस २०१०" माइक्रोसफ्टले घोषणा गरेको हो । यसअतर्गत प्रयोगकर्ताहरुले माइक्रोसफ्ट वर्ड, एक्सेल, पावर प्वाइनट र वाननोट सफ्टवेयर अनलाइन निःशुल्क प्रयोग गर्न पाउँछन् । हालसम्म कम्प्युटरमा इन्स्टल गरेर चलाउन मिल्ने स्वरुप मा मात्र उपलब्ध यी सफ्टवेयर महंगा पनि छन् ।

अघिल्लो हप्ता मात्र निशुल्क अपरेटिङ सिस्टमको घोषणा गरेको गुगललाई जवाफस्वरुप माइक्रोसफ्टले यो आकर्षा घोषणा गरेको प्रविधि पण्डितहरु बताउँछन् । गुगलले विभिन्न डकुमेन्टहरु अनलाइनमै हेर्न र सम्पादन गर्न सकिने गरी विगत ३ वर्षदेखि उपलब्ध गराउँदै आएको "गुगल डक्स" सेवासँग माइक्रोसफ्टको यस नयाँ सेवाले प्रतिस्पर्धा गर्नेछ। गुगल र माइक्रोसफ्टको जारी प्रतिस्पर्धाबीच एक महिनाअघि मात्र माइक्रोसफ्टले आफ्नो पुरानो सर्च इन्जिन लाइभ र्सचलाई खारेज गरी "बिङ नामको र्सच इन्जिन ल्याएको थियो ।

"संसारभरि हाम्रा आधा अर्बभन्दा बढी प्रयोगकर्ताहरु छन् । हामीले उनीहरुको कुरा सुनेअनुसार उनीहरु कुनै सम्झौताविना इन्टरनेटको शक्ति प्रयोग कगर्न चाहन्छन्", अफिस सफ्टवेयरका लागि माइक्रोसफटका समूह उत्पादन म्यानेजरले भने ।

विन्डोज लाइभमा दर्ता भएका ४० करोड प्रयोगकर्ताले निशुल्क रुपमा अफिसको वेब एप्लिकेसन प्रयोग गर्न पाउन माइक्रोसफ्टले जनाएको छ ।

न्यु ओर्लियन्स राज्यमा भएको एक सम्मेलनका क्रममा माइक्रोसफ्टले उक्त घोषणा गर्दै यसै वर्षको अन्त्यमा परीक्षण संस्करणका रुपमा अफिस २०१० सार्वजनिक गरिएको जनाएको छ ।

No comments:

Post a Comment