महिनावारी बन्द हुँदा देखिने समस्याहरु
- डा. अरुणा उप्रेती
४८ वर्षीया सुमितालाई झर्को लाग्ने, सानो कुरामा पनि रिस उठ्ने, निद्रा नलाग्ने, कहिले तातो भएर आउने, फेरि चिसो भएर आउने, कहिले जाडो त कहिले गर्मी हुने भयो। आफूलाई कुनै ठूलो रोग लागेको हो कि भन्ने ठानेर उनी डाक्टरकहाँ गइन्। डाक्टरले उनको समस्या सुनेपछि महिनावारीको विषयमा सोधे।
उनले आफ्नो महिनावारी कहिले डेढ महिना त कहिले दुई महिनामा हुने बताइन्। उनका कुरा सुनेपछि डाक्टरले रजोनिवृत्ति हुने बेलामा यस्ता केही साधारण समस्या देखिन सक्ने बताए। केही समयपछि महिनावारी बन्द हुन्छ तर यसले जीवनमा कुनै नकारात्मक प्रभाव नपार्ने कुरा डाक्टरले बुझाए। साथै उनलाई यस्ता साधारण समस्या रोक्न के गर्न सकिन्छ भनेर सल्लाह पनि दिए।
डाक्टरको सल्लाहअनुसार गरेपछि उनलाई हुने समस्या पूर्णरुपमा नहराए पनि धेरै कम भयो। त्यसको दुई वर्षपछि त उनको महिनावारी पूर्णरुपमा बन्द (रजोनिवृत्ति) भयो। उनका समस्याहरु पनि बिस्तारै एक-दुई वर्षछि बन्द भए।
महिलाहरुको महिनावारी ४५-५० वर्षको उमेर पुगेपछि बन्द हुन्छ। जसरी किशोरी उमेरमा महिनावारी सुरु हुनु एक प्राकृतिक प्रक्रिया हो त्यसरी नै ४५-५० वर्षको उमेर भएपछि महिनावारी बन्द हुनु पनि एउटा प्राकृतिक प्रक्रिया नै हो। महिनावारीको सुरुआत हुँदा किशोरीहरुलाई केही साधारण समस्या आइपरेझैं महिनावारी बन्द हुने बेलामा पनि केही साधारण समस्या आउने गर्छ। यस बेला शरीरमा रहेका हर्मोनहरु बिस्तारै कम हुँदै जान्छन्। अल्छी लाग्ने, राति निद्रा नलाग्ने, रिस उठ्ने, खान मन नलाग्ने पनि हुन्छ। कसै-कसैलाई महिनावारी बन्द हुने समयमा गुप्ता· चिलाउने पनि हुन सक्छ। साथै कुनै-कुनै महिलाको स्तनको आकार सानो हुँदै जान सक्छ।
जीउ तातो हुने, अनुहार रातो हुने, खलखली पसिना आउने, गर्धन तातो हुनेजस्ता समस्या पनि आउन सक्छ। यस्तो अवस्था एक मिनेटदेखि पाँच मिनेटसम्म रहन्छ। राति सुतेको बेलामा विशेषगरी टाउको र छातीमा खलखली पसिना आउने समस्या पनि केही महिलाहरुमा देखिएको छ। केही महिलाहरुले पसिनाले लुगा निथु्रक्क भिजेको सुनाउँछन् तर केही महिलालाई कुनै समस्या हुँदैन।
महिनावारी रोकिंदा वा रोकिन सुरु हुने अवस्थामा केही हदसम्म प्राकृतिक रुपमा शरीरमा हुने परिवर्तनलाई कम गर्न सकिन्छ। यस्तो हुनुको कारण महिनावारी सुक्नुभन्दा केही वर्षअगाडिदेखि नै शरीरमा रहेको हर्मोन एस्ट्रोजेनको मात्रा कम हुने प्रक्रिया सुरु हुनु हो। यस्तो बेलामा कतिपय महिलालाई कुरा बिर्सने, यसै मनमा चिन्ता लागिरहने, निद्रा नलाग्ने र यौनइच्छामा कमी हुने हुन्छ। चुरोट र सुर्ती प्रयोग गर्ने महिलालाई यस्तो समस्या बढी हुने गरेको देखिएको छ। महिनावारी बन्द हुने प्रक्रिया एकै पटकमा हुँदैन। सुरुआतमा महिनावारी कहिले हुने, कहिले नहुने वा दुई-तीन महिना बिराएर हुने गर्छ।
विभिन्न वैज्ञानिक अनुसन्धानले के देखाएका छन् भने महिनावारी सुक्ने बेलामा आउने समस्यालाई महिलाहरुको भोजन, शारीरिक व्यायाम, जीवनप्रतिको दृष्टिकोण, मानसिक तनाव आदि कुराले धेरै फरक पार्छ।
पश्चिमका महिलाहरुले यौनइच्छालाई बढी महत्त्व दिन्छन्। रजोनिवृत्तिपछि यौनइच्छा घट्न जान्छ भनेर त्यहाँका महिलाहरु हर्मोनको प्रयोग गर्छन्। तर पूर्वीय देशमा रजोनिवृत्तिको उमेरलाई महिलाहरु पारिवारिक जिम्मेवारीबाट मुक्त हुने समय मान्छन्। साथै धर्मकर्म र अध्यात्मतर्फलाग्ने समयको रुपमा पनि यस अवस्थालाई लिने गर्छन्।
अनुसन्धानमा पाइएअनुसार अमेरिकाका महिलाहरुमा रजोनिवृत्तिका समस्याहरु बढी देखिन्छन्। तर जापानी महिलाहरुमा यसको समस्या कम देखिन्छ। यस्तो हुनुको कारण यसको सम्बन्ध परम्परा र संस्कृतिसँग रहनु हो। अमेरिकामा प्रत्येक महिलालाई जवान, राम्री देखिनै पर्छ। उनीहरु वृद्ध हुने प्रक्रियाको बारेमा कुरा गर्न त्यति रुचाउँदैनन्। तर जापानमा भौतिक विकास भए पनि त्यहाँको समाजले पूर्वीय संस्कृतिलाई अपनाइरहेको छ। त्यसैले बुढ्यौलीलाई उनीहरु अभिशाप ठान्दैनन्। त्यसैले रजोनिवृत्तिलाई जापानी महिलाहरु समस्याको रुपमा लिने गर्दैनन्। अमेरिकामा रजोनिवृत्ति भएका महिलाहरुमध्ये ४६ प्रतिशतले हर्मोन प्रयोग गर्छन्। तर जापानमा रजोनिवृत्ति भएका महिलाहरुमध्ये केवल ६ प्रतिशतले मात्र हर्मोनको प्रयोग गर्ने गर्छन्। नेपाली महिलाहरुले पनि यसलाई प्रायः उमेरअनुसारको स्वाभाविक प्रक्रिया ठानेको पाइन्छ। यसै प्रसंगमा ७० वर्षीया माधुरी भन्छिन्- ँमहिनावारी बन्द हुँदा मलाई केही समस्या परेन। ४४ वर्षको उमेरमा अन्तिम पटक महिनावारी भयो तर मलाई केही समस्या भएन।’
रजोनिवृत्ति कसलाई कति वर्षको उमेरमा हुन्छ भनेर ठोकुवा गर्न सकिन्न। जसरी महिनावारी सुरु हुने प्रक्रिया कसैलाई ८ वर्षमा, कसैलाई १२-१३ वर्षमा, अझ कसैलाई १५ वर्षमा हुने गर्छ त्यसैगरी महिनावारी सुक्ने प्रक्रिया कसैलाई चाँडै ४०-४२ वर्षको उमेरमा हुन्छ भने कसैलाई ५०-५२ वर्षको उमेरमा पनि हुन्छ।
केही महिलाहरुमा देखा पर्ने समस्याहरुमा योनिको सुख्खापन पनि एक हो। यसै कारणले महिलाहरुको दाम्पत्य जीवनमा असर पर्न सक्छ, तर यो समस्या समाधान गर्ने उपाय पनि छ। शरीरमा एस्ट्रोजेनको कमी हुँदै जाँदा छालामा रहेको चिल्लोपन हराउँदै जान सक्छ। यस्तो बेलामा गुप्ता·मा चिलाउने समस्या हुन सक्छ। कतिपय महिलाहरु यस्तो हुँदा ठूलै रोग भयो भन्ने ठानेर तर्सिन्छन्, तर यो साधारण समस्या हो।
केही महिलाहरुमा चाहिँ डिप्रेसन, राति निद्रा नलाग्ने वा पातलो निद्रा हुनेजस्ता समस्या देखा पर्छन्। कसै-कसैलाई हाँस्दा, हाच्छ्युँ गर्दा, खोक्दा, पिसाब चुहिने पनि हुन सक्छ। यसले गर्दा कतिपय महिलाहरु जमघटमा नजाने, लामो यात्रा गर्न नरुचाउने पनि हुन्छन्। कसै-कसैले मैले केही बिर्सन थालें, सोचिराखेको बिर्सन्छु आदि भनेको पनि सुनिन्छ।
परिवार नियोजनका साधानहरुको प्रयोग गरेको बेलामा -जस्तो- डिपो, ३ महिने सुई, ५ वर्षको लागि प्रयोग गरिने नरप्लान्ट) पनि महिनावारी रोकिन जान्छ। तर पछि यस्ता साधनहरुको प्रयोग छोडेपछि पुनः महिनावारी हुन सुरु हुन्छ।
रजोनिवृत्तिको अवस्थामा पुगेपछि स्वास्थ्यको विशेष ख्याल राख्नुपर्ने हुन्छ। किनभने महिनावारी बन्द हुने बेलामा हाडको घनत्व कम हुँदै जान्छ र सामान्य ठक्करमा पनि भाँचिने सम्भावना हुन्छ। हाडमा हुने यस्तो समस्यालाई अस्टियोपोरोसिस भनिन्छ। रजोनिवृत्ति हुने बेलामा केही महिलाहरुलाई बढी रक्तस्राव हुन सक्छ। यस्तो बेलामा खानामा विशेष ध्यान पुर्याउनुपर्छ। धेरै रगत जानाले रक्तअल्पता हुने सम्भावना बढी हुन्छ। रक्तअल्पताले फेरि हाडलाई पातलो पार्छ।
हाड पातलो हुँदै जाने समस्याबाट बचावट गर्न क्याल्सियमयुक्त खाना भोजनमा बढाउनुपर्छ। ज्वानो, दही, राजमा, पालुंगो, दूध, तोफु, तिल आदि क्याल्सियमयुक्त वस्तुहरु खानुपर्छ। महँगा क्याल्सियम चक्कीहरु किनेर खानुपर्ने जरुरत प्रायः पर्दैन। हाड पातलो हुँदा खास कुनै लक्षण पहिले नै देखा नपरे पनि कहिलेकाहीँ चिप्लियो भने लड्ने बेलामा हाड भाँचिने र उपचार गरेपछि पनि जोडिन निकै समय लाग्ने हुन्छ।
रजोनिवृत्ति हुँदा आइपर्ने समस्यालाई कम गर्न भटमासको प्रयोग गर्नु ठीक हुने कुरा वैज्ञानिकहरुले बताएका छन्। भटमासले प्रोटिन र लौहतत्त्व प्रदान गर्नुका साथै यसमा रहेको विशेष तत्त्वले शरीरमा एस्ट्रोजेन हर्मोनको पनि भूमिका खेल्छ, जसले मुटुको रोगबाट बचाउन मद्दत गर्छ। जापानी महिलाहरुमा रजोनिवृत्ति हुँदा हुने समस्या कम हुनुको एउटा कारण उनीहरुको भोजनमा भटमासजस्तो पौष्टिक खाना समावेश हुनु पनि एक हो भन्ने कुरा अनुसन्धानबाट पुष्टि भएको छ भने।
कुनै-कुनै महिला मानसिकरुपले तनावमा रहन्छन्। यस्तो बेलामा उनीहरुले आफ्नो दिनचर्यामा केही साधारण परिवर्तन गर्नु राम्रो हुन्छ। साथै योग तथा साधारण व्यायामहरु गर्न सुरु गर्नु बेस हुन्छ।
विभिन्न स्वास्थ्यकर्मीहरुले रजोनिवृत्ति भएपछि महिलाहरुलाई मुटुको रोगहरु पुरुषको जस्तै हुन सक्छ भनेर औंल्याएका छन्। प्रजनन उमेरमा चाहिँ महिलाको शरीरमा भएका प्राकृतिक हर्मोनले मुटुको समस्या हुनबाट केही हदसम्म रक्षा गर्छ।
त्यसैले खाना र जीवनशैलीमा ध्यान दिनुपर्छ। कब्जियतबाट बच्न हरियो तरकारी, नफलेको चामल, आटा, कोदो, मकै, फापर आदि खाने गर्नु बेस हुन्छ। विभिन्न किसिमका चिसो पेयपदार्थ, बट्टामा हालेका जुस र बजामा पाइने खानेकुराहरु सकेसम्म कम खानु उपयुक्त हुन्छ। तौल घटाउने खालका अनेक किसिमका औषधिहरुको प्रयोग गर्नु ठीक हुँदैन। वास्तवमा तौल घटाउने औषधिले शरीरमा नकारात्मक असर हुन्छ भन्ने कुरा विभिन्न अध्ययनले देखाएका छन्।
यो उमेरमा क्यालोरी भएका खानेकुराहरु सकेसम्म कम प्रयोग गर्नुपर्छ। २०-३० वर्षको उमेरमा जस्तो जे खाए पनि पच्छ भन्ने ठान्नुहुँदैन। जवानीको अवस्था भन्दा केही कम खाना खानाले तौल बढ्ने प्रक्रिया कम हुन्छ। धेरै महिलाहरुले रजोनिवृत्तिपछि तौल बढेको सिकायत गर्ने मुख्य कारण नै व्यायामको अभाव र बढी भोजन हो।
कुनै बेला उमेर पुगेका महिलामा महिनावारी रोकिएपछि पुनः योनिबाट रक्तस्राव हुन थाल्यो भने यसले कुनै गम्भीर समस्या रहेको कुरा देखाउँछ। यस्तो बेलामा तुरुन्तै अस्पताल गएर जँचाइहाल्नुपर्छ। ४०-४५ वर्षको उमेर पुगेपछि पायक पर्ने स्वास्थ्यकेन्द्रमा गई प्रजनन अ·हरुको जाँच गराउनुपर्छ।
विवादास्पद हर्मोन थेरापी
महिलाको शरीरमा पाइने दुई वटा हर्मोनहरु एस्ट्रोजेन र प्रोजेस्टोरोन हुन्, जसले महिलाको यौनिकता निर्धारण गर्छ। पुरुषको शरीरमा पाइने यौन हर्मोन (टेस्ट्रोस्टे्ररोन) पनि पाइन्छ, तर अति कम मात्रामा हुन्छ।
महिलाहरुको रजोनिवृत्ति भएपछि पश्चिमी मुलुकहरु विषेशगरी अमेरिकामा यौनिकता कायम राख्न भनेर हर्मोन रिप्लेसमेन्ट थेरापी (HRT) गरिन्थ्यो। तर अहिले रिप्लेसमेन्ट श्ाब्द हटाएर हर्मोन थेरापी मात्रै भन्ने चलन बढेको छ। विभिन्न अध्ययन-अनुसन्धानले के देखाएको छ भने यसरी बाहिरबाट दिइएको हर्मोनले प्राकृतिक हर्मोनजस्तो काम गर्न सक्दैन।
वास्तवमा पश्चिमी देशमा डाक्टरहरुले नै भनिरहेका छन् कि औषधि बेचेर नाफा कमाउने उद्देश्यले रजोनिवृत्ति एउटा रोग हो र यसको औषधि गर्नुपर्छ भनेर प्रचारप्रसार गरे। महिनावारी सुरु हुने जस्तै महिनावारी सुक्नु पनि एउटा प्राकृतिक प्रक्रिया हो। त्यसैले औषधिको खासै जरुरत पर्दैन।
एस्ट्रोजन सन् १९३० देखि अमेरिकामा केही मात्रामा प्रयोग गरिंदै आएको थियो। तर सन् १९६० मा औषधि कम्पनीहरुले रजोनिवृत्तिपछि हर्मोन लिनै पर्छ भन्ने बारेमा जागरुक गराउन लागे। सन् १९६६ मा रबर्ट ए. विलसनले ँजहिले पनि जवान’ भन्ने एउटा किताब लेखे। यसको मुख्य विषय थियो- ँरजोनिवृत्तिलाई पूर्णरुपमा रोक्न सकिन्छ र मानौं यो एउटा रोग होस्।’ उनले लेखे कि एस्ट्रोजोन नामक हर्मोन शरीरमा घटेपछि महिला वास्तविक महिला हुन्नन्। विलसनले हर्मोन महिलाहरुले रजोनिवृत्ति भएपछि प्रयोग गर्नै पर्छ भन्ने विचार लिए। उनले अमेरिकाभरि घुमेर यसबारे भाषण गरे। केही समयपछि अमेरिकाका प्रसिद्घ दुईवटा अखबार द न्यू रिपब्लिक र वासिङ्टन पोस्टले हर्मोन बनाउने औषधि कम्पनीले पैसा दिएर डा. विलसनलाई किताब लेखाउन लगाएको र भ्रमण गराएको कुरा प्रकाशन गरे।
सन् २००२ मा पुनः यो विषयमा छलफल भयो। औषधि कम्पनीलाई यसबारेमा सोधियो। सो कम्पनीले पैसा दिइएको विषयमा निकै लामो समय बितिसकेकाले याद नभएको भनेर जवाफ दियो। हर्मोन थेरापीको विषयमा भएका अनुसन्धानहरुलाई लिएर ँमहिला र यौन हर्मोन’ विषयमा एउटा किताब लेखियो, जसमा हर्मोन प्रयोग गरेपछि हुने समस्या -जस्तो- स्तन क्यान्सर, रगत जम्ने समस्या आदि) बारेमा लेखिएको थियो। यस्ता विभिन्न किसिमका अनुसन्धानहरुपछि पनि औषधि कम्पनीहरुको विज्ञापनको कारणले पश्चिमी जगत्मा अझै यसको प्रयोग भई नै रहेको छ। त्यसैले औषधिको खासै जरुरत पर्दैन।
एस्ट्रोजन सन् १९३० देखि अमेरिकामा केही मात्रामा प्रयोग गरिंदै आएको थियो। तर सन् १९६० मा औषधि कम्पनीहरुले रजोनिवृत्तिपछि हर्मोन लिनै पर्छ भन्ने बारेमा जागरुक गराउन लागे। सन् १९६६ मा रबर्ट ए. विलसनले ँजहिले पनि जवान’ भन्ने एउटा किताब लेखे। यसको मुख्य विषय थियो- ँरजोनिवृत्तिलाई पूर्णरुपमा रोक्न सकिन्छ र मानौं यो एउटा रोग होस्।’ उनले लेखे कि एस्ट्रोजोन नामक हर्मोन शरीरमा घटेपछि महिला वास्तविक महिला हुन्नन्। विलसनले हर्मोन महिलाहरुले रजोनिवृत्ति भएपछि प्रयोग गर्नै पर्छ भन्ने विचार लिए। उनले अमेरिकाभरि घुमेर यसबारे भाषण गरे। केही समयपछि अमेरिकाका प्रसिद्घ दुईवटा अखबार द न्यू रिपब्लिक र वासिङ्टन पोस्टले हर्मोन बनाउने औषधि कम्पनीले पैसा दिएर डा. विलसनलाई किताब लेखाउन लगाएको र भ्रमण गराएको कुरा प्रकाशन गरे।
सन् २००२ मा पुनः यो विषयमा छलफल भयो। औषधि कम्पनीलाई यसबारेमा सोधियो। सो कम्पनीले पैसा दिइएको विषयमा निकै लामो समय बितिसकेकाले याद नभएको भनेर जवाफ दियो। हर्मोन थेरापीको विषयमा भएका अनुसन्धानहरुलाई लिएर ँमहिला र यौन हर्मोन’ विषयमा एउटा किताब लेखियो, जसमा हर्मोन प्रयोग गरेपछि हुने समस्या -जस्तो- स्तन क्यान्सर, रगत जम्ने समस्या आदि) बारेमा लेखिएको थियो। यस्ता विभिन्न किसिमका अनुसन्धानहरुपछि पनि औषधि कम्पनीहरुको विज्ञापनको कारणले पश्चिमी जगत्मा अझै यसको प्रयोग भई नै रहेको छ।
हाड मजबुत राख्न क्याल्सियमको जरुरत पर्छ। शाकाहारी व्यक्तिले दूध, दही, भटमास, बदाम, राजमा आदिबाट पर्याप्त मात्रामा क्याल्सियम पाउन सक्छन्।
· हाडको घनत्वलाई बढाउन हिँड्ने, दौडने, भर्याङ चढ्नेजस्ता विभिन्न शारीरिक क्रियाकलाप गर्नु निकै महत्त्वपूर्ण हुने कुरा विभिन्न अध्ययन-अनुसन्धानले देखाएका छन्। आधुनिकताको अन्धो दौडमा हिँड्नै छोडियो भने हाड कमजोर हुँदै जान्छ।
· सूर्यको किरणबाट शरीरलाई प्राप्त हुने भिटामिन डीले क्याल्सियम शोषण गर्नमा मद्दत गर्छ। हामीलाई दैनिक ३५० युनिट भिटामिन डीको जरुरत पर्छ, जुन हामी सहजैसँग दिनको १५-२० मिनेट घाममा बसेर प्राप्त गर्न सक्छौं। घाममा बस्दा सूर्यको किरणले नांगो छालामा छोएको हुनुपर्छ।
-श्रोत साधना हेल्थ
Subscribe to:
Post Comments (Atom)


No comments:
Post a Comment