Friday, July 24, 2009

एउटा ब्यक्तीले दुई लाख सम्म डोमेन रजिष्टर गर्न सक्छ गरेको छ।



एउटा ब्यक्तीले दुई लाख सम्म डोमेन रजिष्टर गर्न सक्छ गरेको छ।
हाल सम्मको सवभन्दा लामो अक्षरको डोमेन ६३ क्यारेक्टरको छ र त्यसको नाम www.thelongestlistofthelongeststuffatthelongestdomainnameatlonglast.com हो।
हाल सम्मको सवभन्दा पुरानो डोमेन SYMBOLICS.COM हो जुन मार्च १५ १९८५ मा रजिष्टर भएको थियो।
हाल सम्मको सव भन्दा महङ्गो डोमेन Business.com हो जसलाई ७५ मिलियनमा खरिद गरिएको थियो।
५० मिलियन डट कम डोमेन रजिष्टर गरी सकिएको छ।

Saturday, July 18, 2009

स्वर्गको सवार
गफाडी : ए मोरा त स्वर्गमा कसरी आईस ?
दोस्रो :प्लेन बाट
तेस्रो :अनी त नि ?
तेस्रो :यमराज्को डोरी पक्रेर
चोउथो ;म बसको तयार मुनी छिरेर

Friday, July 17, 2009

हरेक सपनाले केही न केही भन्न खोजेको संकेत दिन्छ।

रातको अध्यारोमा मस्त निद्रामा सुतिरहेका बेला मनभित्र अर्थात मस्तिस्कमा चल्ने फिल्म त्यसै चल्दैन ,यसको गहिरो अर्थ छ, जसलाई हामी सपना भन्दछौ ।बिश्वास गर्नुस या नगर्नुस हरेक सपनामा केही न केही संकेत लुकेको हुन्छ। हामीले उक्त लुकेको संकेतले भन्न खोजेको कुरा बुज्न सक्नु पर्छ, जस्का लागि केही ज्ञानको आवश्यकता पर्दछ। जस्लाई हाम्रो भाषामा स्वपन ज्ञान भनिन्छ।
राती हामीले देखने सपना दिनभर दिमागमा चले-खेलेका कुराहरु या सोचे-सम्झेका या दिनभर गरिएको एक्टिभिटिजको अवषेश मात्र नभएर भबिस्यमा हुन सक्ने राम्रो नराम्रो घट्नाको संकेत पनि सपनाले दिन्छ। सपनाको कारणले कतिपय मानिषहरुको जीवनमा निकै ठुलो असर पनि पारेको छ। कती मनिषहरुको भाग्य परिवर्तन पनि गरिदिएको छ। तपाईं हामीले पनि कैयौ पटक सपनाबाट संकेत पाएका छौ अझ भन्नु पर्दा सपनाले हामीलाई सपनामा केही भन्न खोजेको जस्तो लाग्छ। तर हामी त्यो कुरा बुज्न सक्दैनौ किनकी सपनाले हाम्रो भाषा बोल्दैन। सपनाले त संकेतको भाषा बोल्दछ। जस्को अर्थ बुझ्नका लागि कहिले काही सपना बिशेषज्ञको जरुरत पर्दछ।
अब म, तपाईंहरुलाई सामान्य रुपमा धेरै जसो देखिने कमन सपनाको उदाहरण प्रस्तुत गर्दछु। तपाईं हामीलाई थाहानै छ परिक्षाका लागि जतीसुकै राम्रो तयारी भयता पनि परिक्षाको समयमा डराउने सपना धेरै आउने गर्दछ। जसलाई इन्कार गर्न सकिदैन । तपाईंहरुले पनि महसुस गर्नुभएको होला परिक्षा दिन हामी तयार भएर घरबाट निस्कन्छौ, तर परिक्षा हलसम्म पुग्न सक्दैनौ। परिक्षा दिन ढिलो भाईसकेको हुन्छ। कहिलेकाही त परिक्षा दिदादिदै कलमले काम गर्दैन या मसी सकिन्छ। परिक्षामा सोधिएको प्रश्नहरुको उत्तर याद नहुने हुन्छ। यि बिबिध सपनाहरुले के जनाउछ भने हामीले हाम्रो जीवनमा केही सुधार गर्नुपर्ने आवश्यक छ। र आत्मविश्वाशको पनि कमी छ। भन्ने कुराको संकेत यस्तो किसिमको सपनाले दिन्छ।
त्यस्तै अर्को उदाहरण धेरै जसो मनिषलाई कहिले काही यस्तो किसिमको सपना आउछकि कुनै हत्यारा हतियार बोकेर तपाईंलाई, लखेठी राखेको हुन्छ। यस्तो बेलामा सपना देख्दा देख्दै पसिना पनि आउन सक्छ। चाहे तपाईं जतीसुकै छिटो भाग्नुस् दौडनुस् तर पनि तपाईंलाई एस्तो लाग्छ कि त्यो पिछा गर्ने तपाईं भन्दा एक कदम मात्र पछाडि छ। जब उस्ले तपाईंलाई भेट्टाउन लागे जस्तो महसुस हुन्छ अनी तपाईंको निन्द्रा खुल्छ । यस्तो किसिमको सपना बिशेष गरी आक्रमणको डरका कारणले आउने गर्दछ। प्राय गरी यस्ता सपना आउनुका कारण ननिदाएको अवस्थामा अर्थात आँखा खोलेको अवस्थामा गरेका बिबिध चिन्ताका कारणले पनि हुने गर्दछ। साथै यस्तो किसिमको सपनाले हामीलाई यो कुराको संकेत पनि दिन्छ कि हामी जस्तो सुकै परिस्थितीमा पनि डगमगाउनु हुँदैन अर्थात कुनै पनि सम्स्याबाट भाग्नु हुँदैन। बरु त्यस्को डटेर सामना गर्नु पर्दछ। यस्तो किसिमको सपना महिला हरुलाई बढी आउने गर्दछ। किनकी महिलाहरु सारीरिक रुपले पुरुषहरु भन्दा अलिक कमजोर हुन्छन।
त्यस्तै गरी सपनामा उचाइबाट खसेको अर्थात लडेको त्यस्का खास कारण बिशेष गरी आन्तरिक असुरक्षा, अस्तिरता र आत्म विश्वाशको कमी र चिन्ताका कारणले हुने गर्दछ।

Thursday, July 16, 2009

गुगलको नयाँ अपरेटिङ सिस्टम

क्यालिफोर्निया, ९ जुलाइ/ इन्टरनेट जायन्ट गुगलले अपरेटिङ सिस्टम बनाउने घोषणा गरेको छ । अघिल्लो वर्ष क्रेम नामको बेव ब्राउजर बनाएको गुगलले अब पर्सनल कम्युटरहरुका लागि अपरेटिङ सिस्टम बनाउने घोषणा गरेको हो ।

कम्प्युटर दुनियाँ जगजगी कायम राख्दै आएको माइक्रोसफ्ट र यसको अपरेटिङ सिस्टम विन्डोजविरुद्ध गुगलको कदम प्रत्यक्ष चुनौती हुने अनुमान गरिएको छ ।

गुगलले आफ्नो आधिकारिक व्लगमार्फ अपरेटिङ सिस्टम निर्माणाधीन रहेको जानकारी दिएको हो । गुगलले बनाइरहेको अपरेटिङ सिस्टमको नाम गुगल क्रोम ओएस (अपरेटिङ सिस्टम) हुने बताइएको छ ।

गुगल क्रोम अपरेटिङ सिस्टम ओपन सोर्स (निशुल्क) हुने जनाइएको छ ।
गुगल क्रोम अपरेटिङ सिस्टम सुरुमा केही साना र सस्ता नेटबुकहरुमा उपलब्ध हुनेछ । गुगलका अनसार यसको अपरेटिङ सिस्टम प्रयोग गरिएका नेटबुटहरु सन् २०१० को मध्यदेखि बजरमा उपलब्ध हुनेछन् । "तीव्रता, सरलता र सुरक्षा गुगल क्रोम ओएसको प्रमुख पक्ष हुनेछ", गुगलकोआधिकारिक ब्लगमा भनिएको छ।

ओपन सोर्स लाइसेन्स (बैका लागि खुल्ला) प्रयोग गरिएको गुगल क्रोम ओएस गुगलकै क्रोम ब्राउजरको "प्राकृतिक निरन्तरता" भएको गुगलको ब्लगमा उल्लेख छ ।

माइक्रोसफ्टले निकै हल्लाखल्ला र व्यापक तयारीका बीच यसको पछिल्लो अपरेटिङ सिस्ट विन्डोज सेभेन सार्वजनिक गर्ने तयारी गरिरहँदा गुगलको तर्फवाट उक्त कदम चालिएको हो ।

गुगलका प्रोडक्ट म्यानेजमेन्ट उप प्रमुख सुन्दर पिचाइ र इन्जिनियरिङ निर्देशक लिनस अप्सनद्वारा संयुक्त रुपमा लेखिएको ब्लगमा गुगल ओएस छिटो र हलुका साइजको हुने बताइएको छ ।

"हाल इन्टरनेट ब्राउजरको प्रयोग गर्न सकिने अपरेटिङ सिस्टमहरु त्यो समयमा बनाइएका थिए, जतिखेर इन्टरनेट नै थिएन । यो अपेटिङ सिस्टम चाहिँ अपरेटिङ सिस्टम कस्तो हुनुपर्छ भन्नेतर्फ पुनर्विचार गर्ने हाम्रो प्रयास हो," ती दुइले गुगलको ब्लगमा लेखेका छन् । यद्यपि यो अपरेटिङ सिस्टम आधारभूत प्रयोगको लागि लक्षित हुने गुगलको दाबी छ ।

गुगललाई माइक्रोसफ्टको जवाफ

गुगललाई माइक्रोसफ्टको जवाफ

न्यूर्योक, १६ जुलाइ/ यदि तपाइसँग विन्डोज लाइभ आइडी छ अर्थात् माइक्रोसफ्टका हटमेललगात कुनै पनि सेवाको तपाइँ सदस्य हुनुहुन्छ भने अर्को वर्षदेखि तपाइँले माइक्रोसफ्टको अफिस प्रोग्राम अनलाइनमा निःशुल्क चलाउन पाउनुहुन्छ ।

आफ्नो लोकप्रिय अफिस प्रोग्रामको निशुल्क अनलाइन संस्करण "अफिस २०१०" माइक्रोसफ्टले घोषणा गरेको हो । यसअतर्गत प्रयोगकर्ताहरुले माइक्रोसफ्ट वर्ड, एक्सेल, पावर प्वाइनट र वाननोट सफ्टवेयर अनलाइन निःशुल्क प्रयोग गर्न पाउँछन् । हालसम्म कम्प्युटरमा इन्स्टल गरेर चलाउन मिल्ने स्वरुप मा मात्र उपलब्ध यी सफ्टवेयर महंगा पनि छन् ।

अघिल्लो हप्ता मात्र निशुल्क अपरेटिङ सिस्टमको घोषणा गरेको गुगललाई जवाफस्वरुप माइक्रोसफ्टले यो आकर्षा घोषणा गरेको प्रविधि पण्डितहरु बताउँछन् । गुगलले विभिन्न डकुमेन्टहरु अनलाइनमै हेर्न र सम्पादन गर्न सकिने गरी विगत ३ वर्षदेखि उपलब्ध गराउँदै आएको "गुगल डक्स" सेवासँग माइक्रोसफ्टको यस नयाँ सेवाले प्रतिस्पर्धा गर्नेछ। गुगल र माइक्रोसफ्टको जारी प्रतिस्पर्धाबीच एक महिनाअघि मात्र माइक्रोसफ्टले आफ्नो पुरानो सर्च इन्जिन लाइभ र्सचलाई खारेज गरी "बिङ नामको र्सच इन्जिन ल्याएको थियो ।

"संसारभरि हाम्रा आधा अर्बभन्दा बढी प्रयोगकर्ताहरु छन् । हामीले उनीहरुको कुरा सुनेअनुसार उनीहरु कुनै सम्झौताविना इन्टरनेटको शक्ति प्रयोग कगर्न चाहन्छन्", अफिस सफ्टवेयरका लागि माइक्रोसफटका समूह उत्पादन म्यानेजरले भने ।

विन्डोज लाइभमा दर्ता भएका ४० करोड प्रयोगकर्ताले निशुल्क रुपमा अफिसको वेब एप्लिकेसन प्रयोग गर्न पाउन माइक्रोसफ्टले जनाएको छ ।

न्यु ओर्लियन्स राज्यमा भएको एक सम्मेलनका क्रममा माइक्रोसफ्टले उक्त घोषणा गर्दै यसै वर्षको अन्त्यमा परीक्षण संस्करणका रुपमा अफिस २०१० सार्वजनिक गरिएको जनाएको छ ।

Tuesday, July 14, 2009

एउटा प्राथमिक तहको विद्यालयमा कति विद्यार्थी अध्ययन गर्छन् धेरैको जवाफ ३ सय २ सय वा कम्तिमा एक सय हुनसक्छ। तर कास्कीको भलाम गाविसस्थित भलाम प्राथमिक विद्यालयमा योवर्ष एकजना पनि विद्यार्थी भर्ना भएनन्। विद्यार्थी भर्ना नभएपछि पाँच दशक पुरानो भलाम-१ स्थित एकमात्र सरकारी विद्यालय बन्द हुन पुगेको छ । उक्त विद्यालयमा अघिल्लो शैक्षिक सत्रमा जम्मा ६ जना विद्यार्थी थिए। अघिल्लो शैक्षिक सत्रमा पनि कक्षा १ र २ मा विद्यार्थी भर्ना शुन्य थियो। कक्षा ३ मा ३ जना कक्षा ४ मा २ जना र कक्षा ५ मा १ जना मात्र विद्यार्थी थिए। उनीहरुका लागि तीन शिक्षिका र एक पियन खटिएका थिए।'जेठ १० गतेसम्मको भर्ना अवधिमा भलाम प्राविमा एकजना पनि विद्यार्थी र भर्ना भएनन्' कास्कीका जिल्ला शिक्षा अधिकारी बैकुण्ठ अर्यालले भने-'विद्यार्थी भर्ना शुन्य भएपछि विद्यालयनै बन्द गर्नुपर् यो।'कास्कीमा विद्यार्थी भर्ना शुन्य भएर सरकारी विद्यालय बन्द भएको यो पहिलो घटना भने होइन। नीजि बोर्डिङ स्कुलहरुको प्रतिष्पर्धाअनुसार चल्न नसक्दा विद्यार्थी भर्ना शुन्यमा झरेपछि लामाचौरस्थित सरस्वती प्रावि पनि ३ वर्षअघि बन्द भएको थियो।जिशिअ अर्यालका अनुसारयतिबेला कास्कीका अन्य १७ वटा प्राथमिक विद्यालय अतिकम विद्यार्थीको सूचीमा छन्। अर्को वर्ष अतिकम विद्यार्थी हुनेको संख्या दोब्बर हुने उनको अनुमान छ। २० भन्दा कम विद्यार्थी भर्ना भएका विद्यालयलाई जिल्ला शिक्षा कार्यालयले अतिकम विद्यार्थीको सूचीमा राख्ने गरेको छ।उनले यस्तै अवस्था रहीरहे आगामी ५ वर्षभित्र कास्कीका सबै प्राविमा विद्यार्थी संख्या शुन्य हुने दावी गरेका छन्। गाउँ-गाउँसम्म नीजि बोर्डिङ स्कुलहरुको पहुँच सरकारी विद्यालयमा छोराछोरी पढाउनु हुन्न भन्ने अभिभावकको मानसिकता र स्तरिय शिक्षाका लागि विद्यालय स्वयंम्को कमजोरी लगायतले हरेक वर्ष सरकारी विद्यालयमा विद्यार्थी भर्ना उल्लेख्य रुपमा कमी आएको हो।भलाम प्रावि पनि नीजि बोर्डिङ स्कुलहरुकै चपेटामा परेको जिशिअ अर्याल स्वीकार गर्छन्। सकी नसकी ज्यालादारी गरेर भए पनि छोराछोरीलाई अरु सरह बोर्डिङ स्कुलमै पढाउनुपर्छ भन्ने अभिभावकको बुझाईका कारण यस्तो स्थिति आएको उनको ठम्याई छ। '७÷८ सय जनसंख्या रहेको भलाम-१ मा एकजना विद्यार्थी पनि भर्ना नहुनु विडम्बना हो' जिशिअ अर्यालले नागरिकसंग भने-'सरकारी स्कुलमा पढाउनु हुन्न भन्ने अभिभावकको गलत बुझाईले यस्तो भएको हो।'उनले कम विद्यार्थी भएका विद्यालयको निरीक्षण गरेर केहीलाई वरपरका विद्यालयमा गाभ्ने वा खारेज गर्ने तथा शिक्षक संख्या कटौती गर्ने प्रक्रियामा शिक्षा कार्यालयमा जाने जानकारी दिए। पोखरा उपमहानगरपालिकासँग जोडिएको भलाम गाविस-१ मा करिब १ सय २५ घरधुरी छन्। तीनमा लगभग ८ सय जनसंख्या छ। उक्त विद्यालय बन्द भएपछि त्यहाँका तीन शिक्षकलाई तत्कालका लागि अन्यत्र काज पठाईएको छ भने पियन विद्यालयको सम्पत्ति रेखदेखमा खटिएका छन्। प्रधानाध्यापिका मीना कुँबर पोखराको बैदामस्थित तालबाराही उच्च माविमा, अर्की शिक्षिका भद्रा लामिछाने पोखराकै गैह्रापाटनस्थित नविन उच्च माविमा र श्रीमाया गुरुङमहेन्द्र मावि घारमा काज खटिएका छन्। पियन ६४ वर्षिय दुर्गाबहादुर पौडेललाई विद्यालय खारेज वा अन्यत्र गाभ्ने प्रक्रिया नसकेसम्म सम्पत्ति रेखदेखका लागि तोकिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ। विद्यालयलाई अन्यत्र गाभ्ने वा खारेज गर्ने भन्ने सम्बन्धमा सारोकारवाला पक्षसँग छलफल गरेपछि मात्र निर्णय हुने जिशिअ अर्यालले बताए।विद्यार्थी बीनाको उक्त विद्यालय अहिले सुनसान पाटीजस्तो बनेको छ भने विद्यालय प्राङ्गण घाँसे मैदानमा परिणत भएको छ। २०१३ सालमा स्थापना भएको उक्त विद्यालयमा कुनै बेला अटाईनअटाई विद्यार्थी हुन्थे। गाउँको बीचमा रहेको एकमात्र विद्यालयमा ८-१० वर्ष अघिसम्म निकै विद्यार्थी रहेको स्थानीयबासी जुद्वबहादुर केसीले बताए। 'सबैलाई घरपायक विद्यालय थियो' ५८ वर्षिय केसीले भने-'आफु र आफ्ना छोराछोरीले यहीँ पढियो। अहिले गाउँका सबै नाति-नातीना बोर्डिङ पढ्न बजारसम्म जान्छन्।' सबैले आफ्ना छोराछोरी बोर्डिङ पढाउने चलनले यस्तो भएको बताए।भलामकै शंकर पौडेलले पनि 'बोर्डिङ कल्चरुका आँगनको सरकारी विद्यालयमा नपठाएर घरटाढाको बोर्डिङमा छोराछोरी पढाउने होड चलेको बताए। उनका अनुसार भलाम-१ बाट मात्र करिब दुई सय बालबालिका अध्ययनका लागि नजिकैको शहर पोखरा पुग्छन्। सरकारी विद्यालयको अवस्था बिग्रँदै जानुमा स्वयंम् विद्यालय व्यवस्थापन शिक्षक र अभिभावक जिम्मेवार रहेको उनको भनाई छ। 'शिक्षकहरुनै आफ्ना छोराछोरीलाई बोर्डिङ स्कुलका बस चढाएर विद्यालय आउँछन्' उनले भने-'अनि विद्यार्थी पढ्न आएनन् भनेर घाम तापेर फर्कन्छन्। आफैं सञ्चालक समितिमा रहेका अभिभावक पनि सरकारी विद्यालयमा पढाई राम्रो नहुने तर्क गर्दै सन्तानलाई बोर्डिङ पठाउँछन्।'

अष्ट्रेलियाका धनीमा नेपाली

काठमाडौं असार २९ नागरिक- विश्वकै धनी मुलुकहरु मध्येमा पर्ने अष्ट्रेलिया । त्यहाँका सर्वाधिक धनीमध्येका एकजना चाहिँ नेपाली छन् । १९ वर्षअघि पढ्नका निम्ति त्यता गएका शेष घले हालैको सर्भेमा अष्ट्रेलियन धनीहरुको सूचीमा देखिएका हुन् ।
अष्ट्रेलियाको बि आर डब्ल्यू म्यागजिनले प्रकाशित गरेको मुलुककै दुई सय जना सर्वाधिक धनीहरुको सूचीमा घले १ सय ६४ औं स्थानमा परेका छन् । उनी उक्त मुलुकको दुई सहरमा विस्तार भएको एक कलेजका साचालक हुन् भने त्यहाँका विभिन्न कम्पनीहरुमा उनको सेयर छ । म्यागजिनको पछिल्लो संस्करणले प्रस्तुत गरेको जानकारीमा उनको सम्पत्ति २० करोड ८० लाख डलर भएको उल्लेख गरेको छ । मेलबर्नमा बसोबास गर्दै आएका शेष त्यहाँस्थित 'मेलबर्न इन्ष्टिच्यूट अफ टेक्नोलोजी' का साचालक हुन् । त्यहाँ दुई हजार विद्यार्थी अध्ययनरत् छन् । त्यसै कलेजको सिड्नीस्थित अर्को शाखामा एक हजार विद्यार्थी पढ्छन् । विभिन्न वेब पोर्टलले दिएको जानकारी अनुसार उनको कलेजको शाखा निकट भविष्यमै अष्ट्रेलियाका अर्को महत्वपूर्ण सहरहरु पर्थ र बि्रस्बेनमा समेत खुल्ने क्रममा छ ।उनले कलेजका निम्ति मेलबर्नमा आफ्नै घर किनेका छन् । विलियम स्ट्रीटस्थित माज्दा साइटमा रहेको उक्त भवनमा तीन हजार विद्यार्थी पढ्न सक्ने र पाँच सय विद्यार्थीका निम्ति छात्रवासको समेत सुविधा छ ।१९ वर्षअघि एमबिए पढ्नका निम्ति अष्ट्रेलिया गएका घलेको मूलघर लमजुङ हो । उनी त्यतिबेला श्रीमति जमुना गुरुङका साथ त्यसतर्फ गएका थिए । गएको छ वर्षमै उनले मेलबर्नमा कलेज स्थापना गरिसकेका थिए

Sunday, July 12, 2009

यदि तपाईंलाई कुनै प्रोग्राम Run गराउनु छ , म्युजिक , भिडियो , documant वा अरु कुनै आफ्नो कम्प्युटर स्टार्ट हुने बित्तिकै भने के यो सम्भब छ ? अबस्य पनि छ । यस्तो त्यती बेला काममा आउछ जब तपाईंको कम्प्युटर तपाईं नभएको बेलामा अरु कसैले खोल्छ र तपाईंले त्यो मान्छेलाई कुनै मेसेज दिनु जरुरी छ वा आफ्नो मनको कुनै कुरा तपाईं नभएको बेलामा कम्प्युटर खोल्ने मान्छेलाई सुटुक्क भन्नु छ भने ... ।यसरी कम्प्युटर खुल्ने बित्तिकै कुनै प्रोग्राम रुन गराउनको लागि@ Start > AllPrograms अनी त्यहा Startup मा Right click गर्नुहोस् र Open गर्नुहोस् ।@ Startup Document खुल्नेछ , अब आफुले कम्प्युटर स्टार्ट हुने बित्तिकै खोल्न चाहनु भएको फाइललाई कपि गरेर त्यहा पेस्ट गरिदिनुहोस् ।@ म्युजिक , भिडियो फाइल वा word मा लेखिएको कुनै document ... बस काम सकियो ।@ अब कम्प्युटरलाई restart गर्नुहोस् , तपाईंले राख्नुभएको फाइल कम्प्युटर खुल्ने बित्तिकै स्क्रीनमा देखापर्नेछ ।

Thursday, July 9, 2009

प्रेम अभिव्यक्तिमा यौनको भूमिका

प्रेम अभिव्यक्तिमा यौनको भूमिका

-रोजिना शाक्य

भनिन्छ, प्रेम गरिंदैन आफै हुन्छ । यदि यो कुरा सत्य हो भने प्रेम गरिसकेपछि त्यो सम्बन्धलाई कायम राख्नु निवार्ह गर्नु र अघि बढाउनु सरल कार्य होइन । कहिले मनको आवश्यकताले प्राथमिकता पाउँछ त कहिले शारीरिक चाहनाले महत्व पाउँछ । यस्तो परिस्थितिमा प्रेम लाई स्थायित्व पर्दान गर्नुपनि एउटा कला हो । प्रेमलार्इ सदा यौवन अवस्थामा राख्न 'यौन सम्पर्क' को आवश्यकता पर्छ, तर कसरी यसलाई बुझ्न वास्तविक एवं गहिरो अर्थलाई राम्रोसँग बुझ्नु आवश्यक छ । यौन सम्पर्कले व्यक्तिको कामकुता एवम् प्रेम दुवैलाई दर्शाउछ ।
किनकि केही व्यक्तिका लागि यौन सम्पर्क आफ्नो प्यास मेटाउने माध्यम हो भने धेरैका लागि यौन सम्पर्क प्रेम अभिव्यक्तिको माध्यम । यी सबैबाट फरक एउटा सोच पनि छ, त्यो हो प्रेम नै यौन सम्पर्क हो वा यौन सम्पर्क नै प्रेम हो ।
स्त्री-पुरुष यौनसम्बन्धलाई लिएर एक विपरीत सिद्धान्त र मनोविज्ञान पनि व्याप्त छ । स्त्री-पुरुषको यौनसम्बन्धसित जोडिएको सिद्धान्तअनुसार 'पुरुष यौनसर्म्पर्क गर्नका लागि महिलासित प्रेम गर्छ भने महिला पुरुष प्रेम प्राप्त गर्न यौनसम्पर्कका लागि तयार हुन्छिन् । यसबाहेक पनि प्रेमका बारेमा स्त्री-पुरुषमा फरक-फरक व्यवहार देख्न पाइन्छ । भनिन्छ, यदि पुरुषको कार्य-व्यवसाय ठीक रूपमा चलिरहेको छ भने मात्र उसले आफ्नो प्रेम सम्बन्धलार्इ ठीक ढगं बाट निर्वाह गर्न सक्छ, त्यसमा समय दिन सक्छ, तर महिला भने आफ्नो काम तब मात्रै ठीक ढंगबाट गर्न सक्षम हुन्छिन् जब उनको प्रेम सम्बन्ध सुमधुर हुन्छ । यी कुराबाट के पुष्टि हुन्छ भने प्रेम र यौन सम्पर्क दुवैलाई निवार्ह गर्नुपनि एउटा कला हो । यद्यपि यौन सम्पर्कप्रति सोंच, यसको परिभाषा, उमेर, परिस्थिति एवं आवश्यकता-अनुसार परिवर्तित हुन्छ । कसैका लागि यौनसम्पर्क सन्तान उत्पादनको माध्यम हुन सक्छ त कसैका लागि देह सन्तुष्टी प्राप्त गर्ने आधार । केही पुरुष के सोच्छन् भने राम्रो यौन सम्बन्धबाट महिलाको मन जित्न सकिन्छ, कोही यसबाट महिलालाई काबुमा राख्न सकिन्छ भन्ने मान्छन् । कैयन् के पनि सोच्छन् भने शारीरिक सम्बन्धविना स्त्री-परुषबीच प्रेम रहन सक्दैन, तर वास्तवमा यौनसम्पर्क प्रेमको एउटा महत्वपूर्ण पक्ष हो तर प्रेमको सर्वोपरि भने होइन । विना यौनसम्पर्क पनि प्रेम सम्भव छ, तर प्रेम विना यौन सम्पर्क सम्भव छैन । यदि हुन्छ भने त्यो शारीरिक आवश्यकताको पुर्ति हो, वासना हो, अपराध वा बलात्कारजस्तो कुकर्म । यौन सम्पर्कको प्रेमसँग अत्यन्तनजिकको सम्बन्ध रहेकाले धेरैको नजरमा यो या त प्रेमको पयार्य बनको छ वा त्यसको परिभाषा । जबकि यौनसर्म्पकको सम्बन्ध तन सँगै मन सँगपनि हुन्छ । मनोविज्ञहरूका अनुसार यौनसम्पर्क शारीरिक क्रिया भए पनि यसको सम्बन्ध मनसित हुन्छ । बिना मन यौनसर्म्पकलाई सफल र आनन्दायक बनाउन सकिंदैन र मन को तन्दुरुस्ती एवं स्वस्थताका लागि आवश्यक हुन्छ आपसी सम्बन्धमा प्रेम, किनभने प्रेम भए मात्र आफ्नोपनको भावना जागृत हुन्छ र तब यौनसम्पर्क बाध्यता हुँदैन, आवश्यक हुन्छ र आनन्दपूर्ण पनि । यौनसम्पर्क फूलको सुगन्धजस्तै हो । फुल छ भने सुगन्ध आफै फैलन्छ । फूल छैन भने सुगन्धको पनि सम्भावना हुदैन । अतः “जहाँ प्रेम छ त्यहाँ यौनसम्पर्कले त्यो प्रेमको अभिव्यक्तिको काम गर्छ ।“ यौनसम्पर्क, प्रेमको मुक भाषा हो । जहाँ व्यक्तिले आफ्नो साथीलाई शब्दमा बोलेर आफ्नो भावना अभिव्यक्त गर्दैन, स्पर्शको माध्यमबाट व्यक्त गर्छ । यौन सम्पर्कको अर्थ मात्र सम्भोग गर्नु होइन । यो शरीरको त्यो आनन्दसँग पनि जोडिएको छ जुन एक शरीरलाई अर्को शरीरबाट प्राप्त हुन्छ । चाहे त्यो चुम्बन होस् वा आलिंगन, काखमा टाउको राखेर सुत्नु होस् वा गालालाई सुम्सुम्याउनु, एक-अर्कासँगको सानो स्पर्शले पनि प्रेम उत्पन्न गर्छ । जहाँ प्रेम हनु छ, त्यहाँ समर्पण र अधिकार हुन्छ । जब व्यक्तिले कसैलाई प्रेम गर्छ, तब उसले उक्त व्यक्तिलाई पूर्ण रूपमा पाउने चाहना राख्छ । उसको तनमनमा व्यक्तिको अधिकार रहन्छ । मनको आवश्यकता मनबाटै पुर्ति हुन्छ तर शरीरको आवश्यकता मनबाट पुर्ति हुन सक्दैन । शरीरको यही प्यास मेटाउने कार्य नै यौनसम्पर्क हो । परन्तु कसैको पनि शारीरिक कामना गर्नुपुर्व उसको मनलार्इ वरण गर्नु आवश्यक छ । सर्वप्रथम साथीको चाहना बुझेर उसको मन जित्नु पर्छ ।
उसको आवश्यकता र इच्छा बुझ्नुपर्छ । उसको सम्मान र आकांक्षाको ख्याल गर्नु पर्छ । त्यसपश्चात् मात्र यौन सम्पर्कको कामना गर्नु उचित हुन्छ । यौन सम्पर्कलाई नै प्रेमको खोल ओढाएर प्रेमको गित गाउनु वेइमानी हो, धोका हो ।
शरीरको आकर्षणले एक-अर्कालाई क्षणिक आनन्द दिन सक्छ तर आपसी सम्बन्धमा स्थायित्व प्रदान गर्न सक्दैन । जहाँ यौनसम्पर्क सम्बन्ध गौण हुन्छ, कहिलेकाहीं त्यही यौनसम्पर्क प्राथमिक पनि हुन्छ । वैवाहिक जीवनमा यौनसम्पर्कको कमीले कैयन अवस्थामा आपसी तनाव, झगडा वैमनस्यता सिजर्ना गर्छ तर प्रेममा कमी नआउन सक्छ तर्सर्थ यौन सम्पर्कको अति वा कमी दुवै प्रेम एवम आपसी सम्बन्धका लागि घातक हुन्छ । व्यक्तिको लिंग उसको शरीरको मध्यभागमा हुन्छ । जहाँबाट उसको शरीरलाई दुई बराबर भागमा बाँड्न सकिन्छ । यसैगरी यसको भोग पनि सन्तुलित मात्रामा गर्नु आवश्यक छ, अथार्त प्रेम र यौन सम्पर्कका बीच सन्तुलन हुनुपर्छ । यौनसम्पर्क त्यहीं हुनु पर्छ जहाँ प्रेम छ, किनकि यौन सम्पर्क प्रेमको विस्तारित रूप हो र प्रेमको अभिव्यक्ति नै यौनसम्पर्क हो । यो प्रेमको एक महत्वपूर्ण पक्ष हो तर समग्र प्रेमको स्वरुप भने होइन ।
प्रेममा यौन सम्पर्क धेरै कुरा हो तर सबै कुरा होइन । प्रेम छ भने यौनसम्पर्क प्रसाद सरह अनुभव हुन्छ, प्रेम छैन भने यौन सम्पर्क व्यापार सरह हुन पुग्छ । जहाँ शब्दले हार खान्छ त्यहाँ यौनसम्पर्कले शब्दको कार्य गर्छ । ति-पत्नी वा प्रेमी-प्रेमिकाबीच जे-जति अव्यक्त रहन्छ, यौनसम्पर्कले त्यसलाई पूर्ण रूपमा व्यक्त गरिदिन्छ । यौनसम्पर्क अन्त्यन्त संवेदनशील कुरा हो । कहिले यसबाट बिग्रिएको कुरा बन्न मद्दत प्राप्त हुन्छ भने कहिले सुमधुर सम्बन्ध पनि धरापमा पर्छ । दाम्पत्य जीवनमा यौनसम्पर्कको भुमिका त्यही हो जसरी तरकारीमा नुनको भूमिका त्यस्तै हुन्छ जस्तो तरकारीमा नुनको भुमिका मात्रा तल-माथि भए तरकारी वेस्वादको हुन पुग्छ । यौन सम्पर्क आवश्यक छ, यो प्रेमको महत्वपूर्ण पक्ष हो जसको माध्यमबाट युगल जोडीले आफ्नो प्रेमलाई अभिव्यक्त गर्छन् र आपसी सम्बन्धलाई अझ प्रगाढ एवं मजबुत बनाउन सक्छन ।
श्रोत-कान्तिपुर साप्ताहिक
कम्प्युटर दुनियाँका बादशाह विल गेट्सले पर्सनल डेक्सटप कम्प्युटरको महत्वपुर्ण ईनपुट डिभाईस माउसको समय सकिएको संकेत गरेका छन। अब यसको स्थान आवाज पेन तथा स्पर्शले लिनेछ।
गत शुक्रवार प्रकाशित टेलिग्राफ दैनिकको खबर अनुसार अव कम्प्युटलाई आवश्यकता अनुसार आवाज दिएर कम्प्युटरको स्क्रिनलाई छोएर तथा बिशेश प्रकारको कलमको प्रयोग गरेर यसको प्रयोग गर्न सकिनेछ। सन २०१० मा रिलिज गरिने लक्ष्य लिएको विन्डोज ७ को संस्करण देखी यसको प्रयोगमा ब्यपकता ल्याईने अनुमान गरिएको छ।
आई. टी. मा गति लिई सकेका मुलुकहरु अहिले सुचना प्रविधीमा भईरहेको विकासलाई फगत क्रम विकास (Evolution) मान्छन रे । मैले यहाँ रे भनि दिए यसो भने पछी मैले यो कुरामा शत प्रतिशत सहमती जनाएको नबुझ्दा हुन्छ । एउटा साधारण नेपाली र समग्र नेपालको लागी विश्व बजारमा भै रहेको सुचना प्रविधीको विकास ई्भोलुसन हैन रिभोलुसन (क्रान्ती) नै हो ।विश्वका शहर बजारमा Core 2 Duo प्रोसेसर भएको सिस्टम (कम्प्युटर) छ्यास छ्यास्ती भै सके बेलामा पनि हाम्रो शहराँ अझै पनी कतिपय कार्यलयले Windows 97 अपरेटिङ्ग सिष्टम चलाई रहेका रहेका छन । (windows 97 चलाउने कम्प्युटर पनि पेन्टीयम वान ( पनी ) नै हुन भन्ने कुरा त भनिरनु पर्दैन होला । )अझ रमाईलो कुरा त के छ भने हार्डवेयर, सफ्टवेयर बनाउने कम्पनी पनि हाम्रो जस्तो गरिब र पिछडिएको देशलाई नै टारगेट गरेको हो कि भने झै गरी सिस्टम अपग्रेड गर्दा पहिलेको सिस्टमले काम नगर्ने पनि बनाउछन । उदारणको लागी पेन्टीयम ३/४ मा हुने पिन वाला प्रोसेसरा बिग्रियो भने आज भोली आपत पर्छ किन भने वजारमा पिन लेस प्रोसेसरको बिगबिगी छ पिन वाला पाउनै गार्हो ! ड्रिम वेभर, फोटोसपको लेटेष्ट भर्सन चलाउने हो भने पेन्टीयम फोर कम्प्युटरले पनि काम दिन्न त्यस भन्दा अगाडीका कम्प्युटरका त कुरै भएन । मान्छेहरु विन्डोज भिष्टालाई पनि पुरानो मानेर विन्डोज सेभेन चलाउन थाली सके हामीलाई एक्सपी नै प्यारो छ । ( भिष्टा चलाउन त कसलाई पो मन नलाग्ला र तर पनि सिष्टमले सपोर्ट गर्दैन र पो त !)विदेश वाट वा नेपालमै पनि निजी क्षेत्रका चल्तापुर्जा कम्पनी बाट आएका ईमेल एट्याचमेन्ट हरुले आज भोली खुब दुख दिई रहेको छन भनिन्छ । हाम्रै अफिसमा पनि सबै जना विन्डोस एक्सपी मा अफीस २००३ चलाउछन तर ईमेल एट्याचमेन्ट अफिस २००७ मा खुल्ने आउछन त्यसैले विदेशीहरु वा नेपालीहरु नै भए पनि सबैलाई अफिस २००३ मा खुल्ने फाईल पठाउ भन्न गार्हो हुदो रहेछ अनि ति आफ्नो समस्या आफै सँग!अफिस २००७ मा खुल्ने फाईल खोल्नकै लागी अफिस २००७ ईन्सटल गर्नु पर्यो भने नमज्जा नै हुन्छ किन भने अफिस २००३ मा बानी परि सकेको प्रयोगकर्ताले फुर्सदमा एक पटक कुन मेनु, टुल्ट कहाँ छ थाहा नपाँई चलायो भने विजोग हुन्छ ।यस्तै किसिमको समयस्या परेर मैले गुगल दाईलाई माईक्रोसफ्ट वर्ड २००७ को फाईललाई माईक्रोसफ्ट वर्ड २००३ मा कसरी खोल्ने भनेर सोधेको थिए उनले चुपचाप विल गेट्स को मा पुर्याई दिए । माईक्रो सफ्टले Compatibility Pack for Word, Excel, and PowerPoint 2007 File Formats निशुल्क डाउनलोड गर्न दिदो रहेछ । लौ अव धेरै गन्थन नगरौ यदि तपाँई पनि MS Word 2003 चलाउनु हुन्छ र MS Word 2007 को फाईल खोल्नु पर्ने छ भने खुरुक्क यो फाईल डाउनलोड गरेर ईन्सटल गर्नुहोस । र त्यो वर्ड फाईल खोल्नुसडाउनलोड गर्न यहा क्लिक गर्नुहोस
श्रेणी विभाजन , , ,
आई. टी. मा गति लिई सकेका मुलुकहरु अहिले सुचना प्रविधीमा भईरहेको विकासलाई फगत क्रम विकास (Evolution) मान्छन रे । मैले यहाँ रे भनि दिए यसो भने पछी मैले यो कुरामा शत प्रतिशत सहमती जनाएको नबुझ्दा हुन्छ । एउटा साधारण नेपाली र समग्र नेपालको लागी विश्व बजारमा भै रहेको सुचना प्रविधीको विकास ई्भोलुसन हैन रिभोलुसन (क्रान्ती) नै हो ।विश्वका शहर बजारमा Core 2 Duo प्रोसेसर भएको सिस्टम (कम्प्युटर) छ्यास छ्यास्ती भै सके बेलामा पनि हाम्रो शहराँ अझै पनी कतिपय कार्यलयले Windows 97 अपरेटिङ्ग सिष्टम चलाई रहेका रहेका छन । (windows 97 चलाउने कम्प्युटर पनि पेन्टीयम वान ( पनी ) नै हुन भन्ने कुरा त भनिरनु पर्दैन होला । )अझ रमाईलो कुरा त के छ भने हार्डवेयर, सफ्टवेयर बनाउने कम्पनी पनि हाम्रो जस्तो गरिब र पिछडिएको देशलाई नै टारगेट गरेको हो कि भने झै गरी सिस्टम अपग्रेड गर्दा पहिलेको सिस्टमले काम नगर्ने पनि बनाउछन । उदारणको लागी पेन्टीयम ३/४ मा हुने पिन वाला प्रोसेसरा बिग्रियो भने आज भोली आपत पर्छ किन भने वजारमा पिन लेस प्रोसेसरको बिगबिगी छ पिन वाला पाउनै गार्हो ! ड्रिम वेभर, फोटोसपको लेटेष्ट भर्सन चलाउने हो भने पेन्टीयम फोर कम्प्युटरले पनि काम दिन्न त्यस भन्दा अगाडीका कम्प्युटरका त कुरै भएन । मान्छेहरु विन्डोज भिष्टालाई पनि पुरानो मानेर विन्डोज सेभेन चलाउन थाली सके हामीलाई एक्सपी नै प्यारो छ । ( भिष्टा चलाउन त कसलाई पो मन नलाग्ला र तर पनि सिष्टमले सपोर्ट गर्दैन र पो त !)विदेश वाट वा नेपालमै पनि निजी क्षेत्रका चल्तापुर्जा कम्पनी बाट आएका ईमेल एट्याचमेन्ट हरुले आज भोली खुब दुख दिई रहेको छन भनिन्छ । हाम्रै अफिसमा पनि सबै जना विन्डोस एक्सपी मा अफीस २००३ चलाउछन तर ईमेल एट्याचमेन्ट अफिस २००७ मा खुल्ने आउछन त्यसैले विदेशीहरु वा नेपालीहरु नै भए पनि सबैलाई अफिस २००३ मा खुल्ने फाईल पठाउ भन्न गार्हो हुदो रहेछ अनि ति आफ्नो समस्या आफै सँग!अफिस २००७ मा खुल्ने फाईल खोल्नकै लागी अफिस २००७ ईन्सटल गर्नु पर्यो भने नमज्जा नै हुन्छ किन भने अफिस २००३ मा बानी परि सकेको प्रयोगकर्ताले फुर्सदमा एक पटक कुन मेनु, टुल्ट कहाँ छ थाहा नपाँई चलायो भने विजोग हुन्छ ।यस्तै किसिमको समयस्या परेर मैले गुगल दाईलाई माईक्रोसफ्ट वर्ड २००७ को फाईललाई माईक्रोसफ्ट वर्ड २००३ मा कसरी खोल्ने भनेर सोधेको थिए उनले चुपचाप विल गेट्स को मा पुर्याई दिए । माईक्रो सफ्टले Compatibility Pack for Word, Excel, and PowerPoint 2007 File Formats निशुल्क डाउनलोड गर्न दिदो रहेछ । लौ अव धेरै गन्थन नगरौ यदि तपाँई पनि MS Word 2003 चलाउनु हुन्छ र MS Word 2007 को फाईल खोल्नु पर्ने छ भने खुरुक्क यो फाईल डाउनलोड गरेर ईन्सटल गर्नुहोस । र त्यो वर्ड फाईल खोल्नुसडाउनलोड गर्न यहा क्लिक गर्नुहोस
श्रेणी विभाजन , , ,

Nepali Jokes

एउटा गोरो मान्छे थियो , जब उस्को छोरो जन्म्यो त्यो कालो न कालो । उ आफ्नो स्वास्नीको मा गयो र सोध्यो :
" हैन म पनि गोरो तिमी पनि गोरी छोरो चाँही किन यस्तो कालो ?
स्वास्नी : डार्लिङ, म पनि Hot तिमी पनि Hot , बच्चा जल्यो होला नि ।
एउटा बच्चा धेरै बेर देखी एउटा ढोकाको बाहिरको घन्टीको बटन थिच्ने कोशीस गर्दै थियो तर सकिरहेको थिएन । एउटा बुढा मान्छेले यो देखेछ र बच्चाको अगाडि आएर सोधेछ ।
बुढा : बाबु तिमी के गर्दै छौ ?
बच्चा : अंकल यो घन्टी बजाउन चाहन्छु ।
बुढा (घन्टीको बटन थिच्दै) : ल बाबु मैले बजाइदिए, अब के गर्नु ?
बच्चा : अब भागौ .......
बैँक लुटी सकेर लुटेराहरुले बैँकको क्यासियरलाई पनि सँगै लान खोजेछक्यासियर : बैँक त लुटेए सक्यौ , अब मलाई किन साथै लान लागेको ?लुटेरा : अब यत्रो धेरै पैसा तेरो बाउले गन्छ त ?

दुई जना पागल कुरा गर्दै थिएपहिलो : यार म यो संसारको सबै हिरा मोती किन्ने बारे सोची रहेको छु ।दोश्रो : होइन म तिमीलाई त्यो बेच्दै बेच्दिन कसरी किन्छौ

Wednesday, July 8, 2009

महिनावारी बन्द हुँदा देखिने समस्याहरु
- डा. अरुणा उप्रेती
४८ वर्षीया सुमितालाई झर्को लाग्ने, सानो कुरामा पनि रिस उठ्ने, निद्रा नलाग्ने, कहिले तातो भएर आउने, फेरि चिसो भएर आउने, कहिले जाडो त कहिले गर्मी हुने भयो। आफूलाई कुनै ठूलो रोग लागेको हो कि भन्ने ठानेर उनी डाक्टरकहाँ गइन्। डाक्टरले उनको समस्या सुनेपछि महिनावारीको विषयमा सोधे।
उनले आफ्नो महिनावारी कहिले डेढ महिना त कहिले दुई महिनामा हुने बताइन्। उनका कुरा सुनेपछि डाक्टरले रजोनिवृत्ति हुने बेलामा यस्ता केही साधारण समस्या देखिन सक्ने बताए। केही समयपछि महिनावारी बन्द हुन्छ तर यसले जीवनमा कुनै नकारात्मक प्रभाव नपार्ने कुरा डाक्टरले बुझाए। साथै उनलाई यस्ता साधारण समस्या रोक्न के गर्न सकिन्छ भनेर सल्लाह पनि दिए।
डाक्टरको सल्लाहअनुसार गरेपछि उनलाई हुने समस्या पूर्णरुपमा नहराए पनि धेरै कम भयो। त्यसको दुई वर्षपछि त उनको महिनावारी पूर्णरुपमा बन्द (रजोनिवृत्ति) भयो। उनका समस्याहरु पनि बिस्तारै एक-दुई वर्षछि बन्द भए।
महिलाहरुको महिनावारी ४५-५० वर्षको उमेर पुगेपछि बन्द हुन्छ। जसरी किशोरी उमेरमा महिनावारी सुरु हुनु एक प्राकृतिक प्रक्रिया हो त्यसरी नै ४५-५० वर्षको उमेर भएपछि महिनावारी बन्द हुनु पनि एउटा प्राकृतिक प्रक्रिया नै हो। महिनावारीको सुरुआत हुँदा किशोरीहरुलाई केही साधारण समस्या आइपरेझैं महिनावारी बन्द हुने बेलामा पनि केही साधारण समस्या आउने गर्छ। यस बेला शरीरमा रहेका हर्मोनहरु बिस्तारै कम हुँदै जान्छन्। अल्छी लाग्ने, राति निद्रा नलाग्ने, रिस उठ्ने, खान मन नलाग्ने पनि हुन्छ। कसै-कसैलाई महिनावारी बन्द हुने समयमा गुप्ता· चिलाउने पनि हुन सक्छ। साथै कुनै-कुनै महिलाको स्तनको आकार सानो हुँदै जान सक्छ।
जीउ तातो हुने, अनुहार रातो हुने, खलखली पसिना आउने, गर्धन तातो हुनेजस्ता समस्या पनि आउन सक्छ। यस्तो अवस्था एक मिनेटदेखि पाँच मिनेटसम्म रहन्छ। राति सुतेको बेलामा विशेषगरी टाउको र छातीमा खलखली पसिना आउने समस्या पनि केही महिलाहरुमा देखिएको छ। केही महिलाहरुले पसिनाले लुगा निथु्रक्क भिजेको सुनाउँछन् तर केही महिलालाई कुनै समस्या हुँदैन।
महिनावारी रोकिंदा वा रोकिन सुरु हुने अवस्थामा केही हदसम्म प्राकृतिक रुपमा शरीरमा हुने परिवर्तनलाई कम गर्न सकिन्छ। यस्तो हुनुको कारण महिनावारी सुक्नुभन्दा केही वर्षअगाडिदेखि नै शरीरमा रहेको हर्मोन एस्ट्रोजेनको मात्रा कम हुने प्रक्रिया सुरु हुनु हो। यस्तो बेलामा कतिपय महिलालाई कुरा बिर्सने, यसै मनमा चिन्ता लागिरहने, निद्रा नलाग्ने र यौनइच्छामा कमी हुने हुन्छ। चुरोट र सुर्ती प्रयोग गर्ने महिलालाई यस्तो समस्या बढी हुने गरेको देखिएको छ। महिनावारी बन्द हुने प्रक्रिया एकै पटकमा हुँदैन। सुरुआतमा महिनावारी कहिले हुने, कहिले नहुने वा दुई-तीन महिना बिराएर हुने गर्छ।
विभिन्न वैज्ञानिक अनुसन्धानले के देखाएका छन् भने महिनावारी सुक्ने बेलामा आउने समस्यालाई महिलाहरुको भोजन, शारीरिक व्यायाम, जीवनप्रतिको दृष्टिकोण, मानसिक तनाव आदि कुराले धेरै फरक पार्छ।
पश्चिमका महिलाहरुले यौनइच्छालाई बढी महत्त्व दिन्छन्। रजोनिवृत्तिपछि यौनइच्छा घट्न जान्छ भनेर त्यहाँका महिलाहरु हर्मोनको प्रयोग गर्छन्। तर पूर्वीय देशमा रजोनिवृत्तिको उमेरलाई महिलाहरु पारिवारिक जिम्मेवारीबाट मुक्त हुने समय मान्छन्। साथै धर्मकर्म र अध्यात्मतर्फलाग्ने समयको रुपमा पनि यस अवस्थालाई लिने गर्छन्।
अनुसन्धानमा पाइएअनुसार अमेरिकाका महिलाहरुमा रजोनिवृत्तिका समस्याहरु बढी देखिन्छन्। तर जापानी महिलाहरुमा यसको समस्या कम देखिन्छ। यस्तो हुनुको कारण यसको सम्बन्ध परम्परा र संस्कृतिसँग रहनु हो। अमेरिकामा प्रत्येक महिलालाई जवान, राम्री देखिनै पर्छ। उनीहरु वृद्ध हुने प्रक्रियाको बारेमा कुरा गर्न त्यति रुचाउँदैनन्। तर जापानमा भौतिक विकास भए पनि त्यहाँको समाजले पूर्वीय संस्कृतिलाई अपनाइरहेको छ। त्यसैले बुढ्यौलीलाई उनीहरु अभिशाप ठान्दैनन्। त्यसैले रजोनिवृत्तिलाई जापानी महिलाहरु समस्याको रुपमा लिने गर्दैनन्। अमेरिकामा रजोनिवृत्ति भएका महिलाहरुमध्ये ४६ प्रतिशतले हर्मोन प्रयोग गर्छन्। तर जापानमा रजोनिवृत्ति भएका महिलाहरुमध्ये केवल ६ प्रतिशतले मात्र हर्मोनको प्रयोग गर्ने गर्छन्। नेपाली महिलाहरुले पनि यसलाई प्रायः उमेरअनुसारको स्वाभाविक प्रक्रिया ठानेको पाइन्छ। यसै प्रसंगमा ७० वर्षीया माधुरी भन्छिन्- ँमहिनावारी बन्द हुँदा मलाई केही समस्या परेन। ४४ वर्षको उमेरमा अन्तिम पटक महिनावारी भयो तर मलाई केही समस्या भएन।’
रजोनिवृत्ति कसलाई कति वर्षको उमेरमा हुन्छ भनेर ठोकुवा गर्न सकिन्न। जसरी महिनावारी सुरु हुने प्रक्रिया कसैलाई ८ वर्षमा, कसैलाई १२-१३ वर्षमा, अझ कसैलाई १५ वर्षमा हुने गर्छ त्यसैगरी महिनावारी सुक्ने प्रक्रिया कसैलाई चाँडै ४०-४२ वर्षको उमेरमा हुन्छ भने कसैलाई ५०-५२ वर्षको उमेरमा पनि हुन्छ।
केही महिलाहरुमा देखा पर्ने समस्याहरुमा योनिको सुख्खापन पनि एक हो। यसै कारणले महिलाहरुको दाम्पत्य जीवनमा असर पर्न सक्छ, तर यो समस्या समाधान गर्ने उपाय पनि छ। शरीरमा एस्ट्रोजेनको कमी हुँदै जाँदा छालामा रहेको चिल्लोपन हराउँदै जान सक्छ। यस्तो बेलामा गुप्ता·मा चिलाउने समस्या हुन सक्छ। कतिपय महिलाहरु यस्तो हुँदा ठूलै रोग भयो भन्ने ठानेर तर्सिन्छन्, तर यो साधारण समस्या हो।
केही महिलाहरुमा चाहिँ डिप्रेसन, राति निद्रा नलाग्ने वा पातलो निद्रा हुनेजस्ता समस्या देखा पर्छन्। कसै-कसैलाई हाँस्दा, हाच्छ्युँ गर्दा, खोक्दा, पिसाब चुहिने पनि हुन सक्छ। यसले गर्दा कतिपय महिलाहरु जमघटमा नजाने, लामो यात्रा गर्न नरुचाउने पनि हुन्छन्। कसै-कसैले मैले केही बिर्सन थालें, सोचिराखेको बिर्सन्छु आदि भनेको पनि सुनिन्छ।
परिवार नियोजनका साधानहरुको प्रयोग गरेको बेलामा -जस्तो- डिपो, ३ महिने सुई, ५ वर्षको लागि प्रयोग गरिने नरप्लान्ट) पनि महिनावारी रोकिन जान्छ। तर पछि यस्ता साधनहरुको प्रयोग छोडेपछि पुनः महिनावारी हुन सुरु हुन्छ।
रजोनिवृत्तिको अवस्थामा पुगेपछि स्वास्थ्यको विशेष ख्याल राख्नुपर्ने हुन्छ। किनभने महिनावारी बन्द हुने बेलामा हाडको घनत्व कम हुँदै जान्छ र सामान्य ठक्करमा पनि भाँचिने सम्भावना हुन्छ। हाडमा हुने यस्तो समस्यालाई अस्टियोपोरोसिस भनिन्छ। रजोनिवृत्ति हुने बेलामा केही महिलाहरुलाई बढी रक्तस्राव हुन सक्छ। यस्तो बेलामा खानामा विशेष ध्यान पुर्žयाउनुपर्छ। धेरै रगत जानाले रक्तअल्पता हुने सम्भावना बढी हुन्छ। रक्तअल्पताले फेरि हाडलाई पातलो पार्छ।
हाड पातलो हुँदै जाने समस्याबाट बचावट गर्न क्याल्सियमयुक्त खाना भोजनमा बढाउनुपर्छ। ज्वानो, दही, राजमा, पालुंगो, दूध, तोफु, तिल आदि क्याल्सियमयुक्त वस्तुहरु खानुपर्छ। महँगा क्याल्सियम चक्कीहरु किनेर खानुपर्ने जरुरत प्रायः पर्दैन। हाड पातलो हुँदा खास कुनै लक्षण पहिले नै देखा नपरे पनि कहिलेकाहीँ चिप्लियो भने लड्ने बेलामा हाड भाँचिने र उपचार गरेपछि पनि जोडिन निकै समय लाग्ने हुन्छ।
रजोनिवृत्ति हुँदा आइपर्ने समस्यालाई कम गर्न भटमासको प्रयोग गर्नु ठीक हुने कुरा वैज्ञानिकहरुले बताएका छन्। भटमासले प्रोटिन र लौहतत्त्व प्रदान गर्नुका साथै यसमा रहेको विशेष तत्त्वले शरीरमा एस्ट्रोजेन हर्मोनको पनि भूमिका खेल्छ, जसले मुटुको रोगबाट बचाउन मद्दत गर्छ। जापानी महिलाहरुमा रजोनिवृत्ति हुँदा हुने समस्या कम हुनुको एउटा कारण उनीहरुको भोजनमा भटमासजस्तो पौष्टिक खाना समावेश हुनु पनि एक हो भन्ने कुरा अनुसन्धानबाट पुष्टि भएको छ भने।
कुनै-कुनै महिला मानसिकरुपले तनावमा रहन्छन्। यस्तो बेलामा उनीहरुले आफ्नो दिनचर्यामा केही साधारण परिवर्तन गर्नु राम्रो हुन्छ। साथै योग तथा साधारण व्यायामहरु गर्न सुरु गर्नु बेस हुन्छ।
विभिन्न स्वास्थ्यकर्मीहरुले रजोनिवृत्ति भएपछि महिलाहरुलाई मुटुको रोगहरु पुरुषको जस्तै हुन सक्छ भनेर औंल्याएका छन्। प्रजनन उमेरमा चाहिँ महिलाको शरीरमा भएका प्राकृतिक हर्मोनले मुटुको समस्या हुनबाट केही हदसम्म रक्षा गर्छ।
त्यसैले खाना र जीवनशैलीमा ध्यान दिनुपर्छ। कब्जियतबाट बच्न हरियो तरकारी, नफलेको चामल, आटा, कोदो, मकै, फापर आदि खाने गर्नु बेस हुन्छ। विभिन्न किसिमका चिसो पेयपदार्थ, बट्टामा हालेका जुस र बजामा पाइने खानेकुराहरु सकेसम्म कम खानु उपयुक्त हुन्छ। तौल घटाउने खालका अनेक किसिमका औषधिहरुको प्रयोग गर्नु ठीक हुँदैन। वास्तवमा तौल घटाउने औषधिले शरीरमा नकारात्मक असर हुन्छ भन्ने कुरा विभिन्न अध्ययनले देखाएका छन्।
यो उमेरमा क्यालोरी भएका खानेकुराहरु सकेसम्म कम प्रयोग गर्नुपर्छ। २०-३० वर्षको उमेरमा जस्तो जे खाए पनि पच्छ भन्ने ठान्नुहुँदैन। जवानीको अवस्था भन्दा केही कम खाना खानाले तौल बढ्ने प्रक्रिया कम हुन्छ। धेरै महिलाहरुले रजोनिवृत्तिपछि तौल बढेको सिकायत गर्ने मुख्य कारण नै व्यायामको अभाव र बढी भोजन हो।
कुनै बेला उमेर पुगेका महिलामा महिनावारी रोकिएपछि पुनः योनिबाट रक्तस्राव हुन थाल्यो भने यसले कुनै गम्भीर समस्या रहेको कुरा देखाउँछ। यस्तो बेलामा तुरुन्तै अस्पताल गएर जँचाइहाल्नुपर्छ। ४०-४५ वर्षको उमेर पुगेपछि पायक पर्ने स्वास्थ्यकेन्द्रमा गई प्रजनन अ·हरुको जाँच गराउनुपर्छ।
विवादास्पद हर्मोन थेरापी
महिलाको शरीरमा पाइने दुई वटा हर्मोनहरु एस्ट्रोजेन र प्रोजेस्टोरोन हुन्, जसले महिलाको यौनिकता निर्धारण गर्छ। पुरुषको शरीरमा पाइने यौन हर्मोन (टेस्ट्रोस्टे्ररोन) पनि पाइन्छ, तर अति कम मात्रामा हुन्छ।
महिलाहरुको रजोनिवृत्ति भएपछि पश्चिमी मुलुकहरु विषेशगरी अमेरिकामा यौनिकता कायम राख्न भनेर हर्मोन रिप्लेसमेन्ट थेरापी (HRT) गरिन्थ्यो। तर अहिले रिप्लेसमेन्ट श्ाब्द हटाएर हर्मोन थेरापी मात्रै भन्ने चलन बढेको छ। विभिन्न अध्ययन-अनुसन्धानले के देखाएको छ भने यसरी बाहिरबाट दिइएको हर्मोनले प्राकृतिक हर्मोनजस्तो काम गर्न सक्दैन।
वास्तवमा पश्चिमी देशमा डाक्टरहरुले नै भनिरहेका छन् कि औषधि बेचेर नाफा कमाउने उद्देश्यले रजोनिवृत्ति एउटा रोग हो र यसको औषधि गर्नुपर्छ भनेर प्रचारप्रसार गरे। महिनावारी सुरु हुने जस्तै महिनावारी सुक्नु पनि एउटा प्राकृतिक प्रक्रिया हो। त्यसैले औषधिको खासै जरुरत पर्दैन।
एस्ट्रोजन सन् १९३० देखि अमेरिकामा केही मात्रामा प्रयोग गरिंदै आएको थियो। तर सन् १९६० मा औषधि कम्पनीहरुले रजोनिवृत्तिपछि हर्मोन लिनै पर्छ भन्ने बारेमा जागरुक गराउन लागे। सन् १९६६ मा रबर्ट ए. विलसनले ँजहिले पनि जवान’ भन्ने एउटा किताब लेखे। यसको मुख्य विषय थियो- ँरजोनिवृत्तिलाई पूर्णरुपमा रोक्न सकिन्छ र मानौं यो एउटा रोग होस्।’ उनले लेखे कि एस्ट्रोजोन नामक हर्मोन शरीरमा घटेपछि महिला वास्तविक महिला हुन्नन्। विलसनले हर्मोन महिलाहरुले रजोनिवृत्ति भएपछि प्रयोग गर्नै पर्छ भन्ने विचार लिए। उनले अमेरिकाभरि घुमेर यसबारे भाषण गरे। केही समयपछि अमेरिकाका प्रसिद्घ दुईवटा अखबार द न्यू रिपब्लिक र वासिङ्टन पोस्टले हर्मोन बनाउने औषधि कम्पनीले पैसा दिएर डा. विलसनलाई किताब लेखाउन लगाएको र भ्रमण गराएको कुरा प्रकाशन गरे।
सन् २००२ मा पुनः यो विषयमा छलफल भयो। औषधि कम्पनीलाई यसबारेमा सोधियो। सो कम्पनीले पैसा दिइएको विषयमा निकै लामो समय बितिसकेकाले याद नभएको भनेर जवाफ दियो। हर्मोन थेरापीको विषयमा भएका अनुसन्धानहरुलाई लिएर ँमहिला र यौन हर्मोन’ विषयमा एउटा किताब लेखियो, जसमा हर्मोन प्रयोग गरेपछि हुने समस्या -जस्तो- स्तन क्यान्सर, रगत जम्ने समस्या आदि) बारेमा लेखिएको थियो। यस्ता विभिन्न किसिमका अनुसन्धानहरुपछि पनि औषधि कम्पनीहरुको विज्ञापनको कारणले पश्चिमी जगत्मा अझै यसको प्रयोग भई नै रहेको छ। त्यसैले औषधिको खासै जरुरत पर्दैन।
एस्ट्रोजन सन् १९३० देखि अमेरिकामा केही मात्रामा प्रयोग गरिंदै आएको थियो। तर सन् १९६० मा औषधि कम्पनीहरुले रजोनिवृत्तिपछि हर्मोन लिनै पर्छ भन्ने बारेमा जागरुक गराउन लागे। सन् १९६६ मा रबर्ट ए. विलसनले ँजहिले पनि जवान’ भन्ने एउटा किताब लेखे। यसको मुख्य विषय थियो- ँरजोनिवृत्तिलाई पूर्णरुपमा रोक्न सकिन्छ र मानौं यो एउटा रोग होस्।’ उनले लेखे कि एस्ट्रोजोन नामक हर्मोन शरीरमा घटेपछि महिला वास्तविक महिला हुन्नन्। विलसनले हर्मोन महिलाहरुले रजोनिवृत्ति भएपछि प्रयोग गर्नै पर्छ भन्ने विचार लिए। उनले अमेरिकाभरि घुमेर यसबारे भाषण गरे। केही समयपछि अमेरिकाका प्रसिद्घ दुईवटा अखबार द न्यू रिपब्लिक र वासिङ्टन पोस्टले हर्मोन बनाउने औषधि कम्पनीले पैसा दिएर डा. विलसनलाई किताब लेखाउन लगाएको र भ्रमण गराएको कुरा प्रकाशन गरे।
सन् २००२ मा पुनः यो विषयमा छलफल भयो। औषधि कम्पनीलाई यसबारेमा सोधियो। सो कम्पनीले पैसा दिइएको विषयमा निकै लामो समय बितिसकेकाले याद नभएको भनेर जवाफ दियो। हर्मोन थेरापीको विषयमा भएका अनुसन्धानहरुलाई लिएर ँमहिला र यौन हर्मोन’ विषयमा एउटा किताब लेखियो, जसमा हर्मोन प्रयोग गरेपछि हुने समस्या -जस्तो- स्तन क्यान्सर, रगत जम्ने समस्या आदि) बारेमा लेखिएको थियो। यस्ता विभिन्न किसिमका अनुसन्धानहरुपछि पनि औषधि कम्पनीहरुको विज्ञापनको कारणले पश्चिमी जगत्मा अझै यसको प्रयोग भई नै रहेको छ।
हाड मजबुत राख्न क्याल्सियमको जरुरत पर्छ। शाकाहारी व्यक्तिले दूध, दही, भटमास, बदाम, राजमा आदिबाट पर्याप्त मात्रामा क्याल्सियम पाउन सक्छन्।
· हाडको घनत्वलाई बढाउन हिँड्ने, दौडने, भर्žयाङ चढ्नेजस्ता विभिन्न शारीरिक क्रियाकलाप गर्नु निकै महत्त्वपूर्ण हुने कुरा विभिन्न अध्ययन-अनुसन्धानले देखाएका छन्। आधुनिकताको अन्धो दौडमा हिँड्नै छोडियो भने हाड कमजोर हुँदै जान्छ।
· सूर्यको किरणबाट शरीरलाई प्राप्त हुने भिटामिन डीले क्याल्सियम शोषण गर्नमा मद्दत गर्छ। हामीलाई दैनिक ३५० युनिट भिटामिन डीको जरुरत पर्छ, जुन हामी सहजैसँग दिनको १५-२० मिनेट घाममा बसेर प्राप्त गर्न सक्छौं। घाममा बस्दा सूर्यको किरणले नांगो छालामा छोएको हुनुपर्छ।
-श्रोत साधना हेल्थ
Nepali Channels-- Sagarmatha TV - Nepali News Videos
Star One
CNN/IBN
Awaaz
CNBC-18
Smashits
Star Plus
Sony TV
Zee Cinema
Zoom TV
Zee TV
B4U Movies
NDTV
Fashion TV
Sun TV
CTV News
Star Gold
रोमाञ्चक साइटहरु
साइवर संसार डट कम्
इन्डिया नेपाल डट नेट
नेपाली साइट डट कम
वव्वाल डट कम
परिचय डट कम
डामाडोल डट डट कम
-विवाह डट कम
नेपाल १२३ डट कम
मज्जाको डट कम
मेरो तिम्रो डट कम
फुर्सद डट कम
फलानो डट कम
स्पेस नेपाल डट कम
साइवर भ्यु टिभि डट कम
→साप्ताहिक नेपाली पत्रपत्रिकाहरु
नेपाल राष्ट्रिय साप्ताहिक
दिशानिर्देश
बुधवार साप्ताहिक
जनधरणा
समय
कान्तिपुर साप्ताहिक
नेपाली टाइम्स
सेक्समा के चाहन्छन् महिला
नारीका लागि जीवनसित जोडिएका हरेक प्रसङ्ग भावनात्मक हुने गरेको तथ्य विभिन्न अनुसन्धानहरूबाट पत्तँ लागिसकेको छ। यौन पनि यसबाट अछुतो छैन। नारीहरू यौनमा प्रेम र भावना खोज्छन्। तिनका लागि यौन शारीरिक तृप्तिको माध्यम मात्र होइन।
यौनसम्बन्धी मामिला भावनाप्रधान हुने भएकाले यो प्रक्रियामा नारी त्यतिबेला मात्रै संलग्न हुन्छिन्, जतिबेला उनी आफ्नो साथीप्रति पूर्णरूपले विश्वस्त हुन्छिन्। आफ्नो यौनसाथी, प्रेमी वा पतिको प्रेमपूर्ण व्यवहारले उनलाई उत्साहपूर्ण बनाउन निकै महत्वपूर्ण भूमिका खेल्छ। आर्गेज्मभन्दा आफ्नो उपस्थिति र महत्व नारीका लागि बढी प्राथमिकताको कुरा हुन्छ।
बद्लिँदो सामाजिक परिस्थिति, सूचना एवं सञ्चार क्षेत्रको विकासले गर्दा नारी-पुरुष दुवै तुलनात्मकरूपमा धेरै कुरामा अगाडि आएका छन्। यौनसम्बन्धी मामिलामा पूर्वीय संस्कृतिको सामाजिक सोचाइमा समेत धेरै परिवर्तन देखापरेको छ।
पूर्वीय सामाजिक परिवेशमा पनि यौन उदारताको घेरा बढ्न थालेको पाइन्छ। गर्भनिरोधक तथा कामोत्तेजना बढाउने औषधिहरूको सहज उपलब्धता, यौनजन्य सामग्रीको बढ्दो लोकप्रियताका साथै नारी-पुरुषले प्रयोग गर्ने इनर-वेयरमा बढी स्टाइल र ग्ल्यामरको उपयोगले यौन मामिलामा बढी खुलापन देखिएको छ। तुलनात्मकरूपले हिजोका दिनभन्दा वर्तमान परिप्रेक्ष्यमा नारी-पुरुष दुवैका लागि प्रेमालाप तथा यौनसंसर्गका सम्बन्धमा आफ्नो चाहना अभिव्यक्त गर्ने वातावरण बढी सहज र सरल छ। सहवासको अवधि र सहवासबीचको अन्तरालसम्बन्धी कुराहरू अब नितान्त व्यक्तिगत मामिला रहन छाडेका छन्।
ग्लोबल सेक्स सर्भेअनुसार औसतरूपमा ४४ प्रतिशत दम्पती आफ्नो यौन जीवनबाट पूर्णरूपले सन्तुष्ट पाइएका छन् भने करिब ४५ प्रतिशत दम्पतीले आफ्नो यौन जीवनका सम्बन्धमा खुलारूपमा अभिव्यक्ति दिने गरेको पाइएको छ। बद्लिँदो परिवेशमा देखापरेको यस्तो परिवर्तन यौनविशेषज्ञहरूका लागि अध्ययनको विषय बनेको छ। तिनका अनुसार यौनका मामिलामा विवाहित दम्पतीबीच धेरै परिवर्तन देखापरे पनि यससम्बन्धी नारीको धारणा वा चाहनामा भने खासै परिवर्तन आएको पाइँदैन। अनुसन्धान प्रतिवेदनअनुसार नारीको विचारमा पुरुषहरू यौनसम्पर्क मात्र चाहन्छन् र उत्तेजनासित जोडिएका अन्य कुराप्रति उनीहरू त्यति ध्यान दिँदैनन्। पुरुषको विचारमा नारी मात्र प्रेम र भावनाका कुरामा बढी जोड दिन्छन् र उनीहरू प्रेममा पनि धैर्य खोज्छन्। दुवै पक्षको चाहनाको धरातल फरक देखिए पनि दुवैमा प्राकृतिकरूपमै प्रेम भावना र यौनसम्बन्धी चाहना हुने गरेको तथ्यलाई पनि नकार्न भने सकिँदैन।
निःसन्देह एक-अर्काको भावनाको कदर गर्न सक्नु सुखी दाम्पत्य जीवनको महत्वपूर्ण पक्ष हो। यद्यपि यौनसम्बन्धी मामिलामा शिष्टता यौन जीवनलाई मात्र नभएर वैवाहिक जीवनलाई अझ मधुर बनाउने सूत्र हो। पत्नीलाई पतिको बडी ल्याङ्वेजले बढी प्रभावित गर्छ। महिलाहरू संसर्गको अवस्थामा विशेषतः पति, प्रेमी वा पार्टनरको मुखबाट आफ्नो प्रशंसालाई प्राथमिकता दिन्छन्। जस्तै- तिमी कति कोमल छौ वा तिम्रो स्पर्शको महत्व धेरै छ आदि कुराले नारीलाई नारित्वको अनुभूति दिलाउँछ। महिलाहरू चाहन्छन्- बेडरुममा उनले मात्रै प्राथमिकता पाऊन् नकि अन्य सामग्री, चित्र, चलचित्र, सङ्गीत आदिले।
यसबाट नारी-पुरुष यौनसम्बन्ध यान्त्रिक क्रिया बन्न पुग्छ।महिलाहरू यौनमा आराम, धैर्य र मन्द गति चाहन्छन्। आफ्नो मनोभाव र आँखाको भाका बुझेर आफ्नो प्रेमी-पतिले संसर्गको बाटोमा अग्रसर गराओस् भन्ने चाहना तिनमा हुन्छ। सोहीअनुरूप पुरुष पनि अघि बढे नारीको नजरमा उनको पति-प्रेमीको पुरुषत्व बढ्छ भने सोधेर अनुरोध गरेर यौन मामिलामा अग्रसर भए पुरुषको पुरुषत्वमा कमी आएको आँकलन हुन सक्छ। यौन संसर्गपछि पनि प्रेमीको आलिङ्गनले नारीलाई लामो समयसम्म तरङ्गति पार्छ। संसर्गपछि पुरुषहरू शिथिल हुन्छन् भन्ने कुरा तिनलाई थाहा हुन्छ यद्यपि सुत्न खोजेको वा निदाएको हेर्ने चाहना तिनमा हुँदैन। यो स्थितिमा महिलाहरू आफ्नो प्रेम र भावनाको अपमान भएको महसुस गर्छन्। यो अवस्थामा नारीले आपूप्रति भन्दा पति-प्रेमी शरीरसित बढी मोहित भएको सोचाइ बनाउँछन्।

जहाँ महिलाले बेडरुमलाई सुत्ने कोठाको रूपमा मात्र नलिएर समर्पणको आधार पनि मान्छन्, त्यहीँ पुरुषका लागि यौनसित जोडिएका कुरा त्यति महत्वपूर्ण लाग्दैनन्। पुरुषहरू यौनलाई जीवनसित जोडिएका अन्य तनावलाई हटाउने साधनका रूपमा लिन्छन्। अतः अनेकौँ समस्या र तनावका बाबजुद पनि पुरुषहरू आफ्नो पार्टनरको सुकोमल ओठ र रेशमी केशका बीच हराउने चाहना राख्छन्। ग्लोबल सर्भेअनुसार आधुनिक नारीले यौनसम्बन्धमा रोमाञ्चकताको अनुभव गर्ने गरेको पाइन्छ। सर्भेअनुसार ३९ प्रतिशत दम्पती यौनजीवनमा नयाँ प्रयोग हुनुपर्छ भन्ने मान्यता राख्छन्। सर्वेक्षणअनुसार करिब ६० प्रतिशत महिला सहवासका समयमा ओर्गेज्मको आनन्दको अनुभूति गर्दैनन्। आफ्नो पार्टनरले चरम सुखको अनुभव गर्न नपाएकोमा प्रायः पुरुषले ग्लानि महसुस गरेको पाइन्छ। महिलाहरू यौनसम्पर्कमा चरम सन्तुष्टिभन्दा पनि विश्वास र समर्पणको खोजीमा रहन्छन्। कैयौँ अवस्थामा आफ्नो प्रेमीलाई ग्लानिको भावनाबाट जोगाउन नारीले फेक ओर्गेज्मको सहायता लिने गरेको पाइन्छ। नारीमा समझदारी, सौर्न्दर्य र कामुकताको मेल पाइन्छ। पुरुषको तुलनामा आफ्नो कामुकतालाई आठ गुणा बढी व्यक्त गर्ने क्षमता नारीमा हुन्छ। व्यक्त र अव्यक्तरूपमा रहने नारी कामुकताका सम्बन्धमा पत्ता लागेका तथ्यहरू जति रोमाञ्चक छन्, त्योभन्दा बढी रहस्यमय कुराहरू अझै पनि खोजीकै विषय हुन्।
http://www.facebook.com
http://www.youtube.com
http://cybersansar.com

Nepal's Flag



This is a my Photo.